दाङ । स्थानीय प्रहरीले लकडाउनको पालना गर्न अनुरोध गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्झुण्डीले लकडाउन उल्लघंन नगर्न भन्दै मोटरसाइकल चालक र मोटरसाइकलमा सवारलाई सचेतना प्रवाहसमेत गरेको छ । दाङको बेल्झुन्डीमा लकडाउन उल्लंघन गरेको भन्दै स्थानीय प्रहरीले मोटरसाइकल चालकलाई सचेतनासँगै आगामी दिनमा गल्ती नदोहो¥याउन आग्रह गरेको छ ।

अस्थायि प्रहरी पोष्ट बेल्झुन्डीका प्रहरी सहायक निरीक्षक अगंराज शाहीले कोरोना भाइरस जोखिमलाई मध्येनजर गर्दै नागरिकलाई कर्तव्य पालना गर्न आग्रह गरे । उनले भने, ‘आगामी दिनमा यसरी नहिड्नु होला । परिस्थिति अप्ठ्यारो छ । तपाईहरु आफै बुझ्ने हुनुहुन्छ ।’ उनले यो समयमा पूर्णरुपमा क्वारेन्टाइनमा इमान्दारिताका साथ बस्न आग्रह गरे । स्थानीय प्रहरीले बेला–बेलामा नागरिकलाई सचेतना प्रदान गर्दै आएको छ । उनले स्थानीयस्तरमा नागरिकसँगको सहकार्यमा जनचेतनामुलक कार्यहरु गर्दै आएको बताए ।







