रणबीर र दीपिकालाई पुत्रीलाई

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंहलाई पुत्रीलाभ भएकोछ । अभिनेत्री दीपिका आईतबार आमा बनेकी हुन् । दीपिकालाई सुत्केसी व्याथाले च्यापेपछि शनिबार बेलुका मुम्बईको रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनले छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । यो कुरालाई यी दम्पत्तिले भने औपचारिक रुपमा घोषणा गरेका छैनन् । उनीहरुका परिवारले भने रणबीर र दीपिकाको घरमा लक्ष्मी भित्रिएको जनाएका छन् ।

शुक्रबा मात्र सिद्धिबिनायक मन्दिरमा गएर भाकल गरेकी यी जोडीलाई अन्तत आईतबार छोरी प्राप्त भएको छ । नवजात छोरी र आमा दीपिकाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । अभिनेत्री दीपिकालाई २८ सेप्टेम्बर मै अस्पतालले सुत्केरी हुन सक्ने सम्भावित मिति दिएको भए पनि उनलाई शनिबार मात्र सुत्केरी ब्यथा लागेको हो । त्यसपछि उनी अस्पताल भर्ना भएकी हुन् । अस्पतालबाट केही दिनमै उनीहरु घरजना सक्ने पनि सो अस्पतालले जनाएको छ ।

रणबीर दीपिकालाई पुत्रीलाभ भएपछि यी दुईलाई सँसारभरीबाट प्रशँसकहरुले शुभकामना व्यक्त गरेका छन् । पछिल्लो पटक तीन महिनाको गर्भवती हुँदासम्म चलचित्र कल्कीमा अभिनय गरेर सो चलचित्रको काम दीपिकाले सम्पन्न गरेकी थिईन् । सो चलचित्र यो वर्ष हिट भएको छ ।

दीपिका अस्पताल भर्ना भएका कारण रणवीरले शनिबार अम्बानी हाउसको गणेश उत्सवमा सहभागित जनाउन सकेनन् । उनको घरमा शनिबार गणेश उत्सब पनि आयोजना गरिएन । परिवार सुत्रका अनुसार गणेश चौथीको अबसरमा पुत्रीलाभ भएको यी दम्पत्ति यतिबेला निकै खुसी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द