सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुली । सिन्धुलीको जुनारमा सुँडे मोथ पुतलीको प्रकोप देखिएको छ । गतवर्ष केहि मात्रामा देखिएको यो पुतली यो वर्ष अत्यधिक बढेको छ । सुँडे पुतलीका कारण जुनारमा क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुलीले जनाएको छ ।

सुँडे पुतलीको कुनै औषधि नभएको र रातको समयमा फलमा आएर बस्ने, फलको रस चुस्ने र फल नै झर्ने भएकाले जुनार किसानहरु चिन्तित बनेका छन । जुनार बगैंचाका किसानहरु रातको समयमा जुनार बगैंचा कुर्ने, सुँडे पुतली समाउने र मार्ने काममा लागेका छन ।

पुतलीले रातको समयमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गर्नु परेको जुनार सुपरजोनका प्रमुख याम कुमार श्रेष्ठले बताएका छन ।

गत वर्षहरुमा जुन जुन क्षेत्रमा सुँडे पुतली देखिएको थियो यो वर्ष पनि तिनै ठाउँका बगैंचामा पुतलीको प्रकोप देखिएको श्रेष्ठले जानकारी दिए । विशेष गरि गोलञ्जोरका खनियाँखर्क, नयाँखर्क, तिनकन्या, भदौरे, कुभिण्डे, वेखटाँडी, रानीखोला, ओख्ले, किराँते, सान्ने लगाएतका स्थान र कमलामाई नगरपालिकाको चपौलीमा यो पुतलीको प्रकोप बढेको उनले बताएका छन ।

उनका अनुसार कतिपय बोटहरु फल झरेर खाली भईसकेका छन । यसको निराकरणका लागि लिसोको पासोमा पार्ने, रातमा समाउने र मार्ने अभियान सुरु गरिएको छ । राती वत्ति बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने श्रेष्ठले जानकारी दिएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यो पुतलीले जुनारमा कति क्षति पु¥याउँछ भन्ने अहिलेसम्म आँकलन नगरिएको तर हालसम्म १० देखि १५ प्रतिशत जुनारमा क्षति पु-याएको जनाएको छ ।

मध्यरातमा प्राविधिक र जनप्रतिनिधिको अनुगमन
पुतलीको प्रकोपका ’boutमा अनुगमन गर्न सोमबार साँझ जनप्रतिनिधि र प्राविधिक सहितको टोली जुनार क्षेत्र गोलञ्जोरको विजयछापमा पुगेको छ । वागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, गोलञ्जोर गाउँपालिका वडा नंं ५ का वडा अध्यक्ष गोविन्द लुंगेली, कृषि विकास कार्यालयका प्रमुख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख याम कुमार श्रेष्ठ, प्राविधिक सहितको टोली सुपरजोन अनुगमनमा पुगेको हो ।

प्रतिपुतली दुई रुपैंया
यसैबीच जुनारमा पुतलीको प्रकोप बढेपछि गोलञ्जोर गाउँपालिकाले पुतलीको मुल्य तोकेको छ । पुतली समाएर मारेर वडा कार्यालयमा बुझाउनेलाई प्रति पुतली दुई रुपैंया दिने निर्णय गाउँपालिकाले गरेको हो । भदौ २० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पुतली मार्न उत्प्रेरित गर्न गाउँपालिकाले पुतलीको मुल्य निर्धारण गरेको सूचना जारी गर्दै जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित