गौतम, चाम्लिङ र माथेमालाई पद्मश्री पुरस्कार

काठमाडौ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार र सम्मान घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै यो सम्मान र पुरस्कार घोषणा गरेको हो । पद्यमश्री साहित्य पुरस्कार २०८०बाट यसपटक कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई पुरस्कृत गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानको निर्णायक टोलीले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको सो प्रतिष्ठानले जनाएको छ ।

सामालोचक कृष्ण गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका विज्ञका रुपमा परिचित छन् ।

यस्तै खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले सिक्किमका पूर्व मुख्य मन्त्री साहित्यिक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले नेपाली साहित्यको विकाशमा पवन कुमारको उल्लेख्य योगदान रहेकाले यो सम्मान प्रदान गर्न लागिएको जनाएका छन् ।

पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । यी पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र छ । पुरस्कार तथा सम्मान आगामी दशैं छेका प्रदान गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा