‘धोनी सर्वश्रेष्ठ कप्तान’

मुम्बई । इंग्ल्यान्डका क्रिकेट खेलाडी केवीन पीटरसनले दुईपटकका विश्वकप विजेता महेन्द्रसिंह धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान रहेको दाबी गरेका छन् । पिटरसनले धोनीको सर्वश्रेष्ठताको विषयमा प्रश्न उठाउन सम्भव नभएको बताएका छन् ।

पिटरसनले भने, ‘सर्वश्रेष्ठको विषयमा प्रश्न उठाउन सम्भव छैन । अपेक्षाको चुनौतीहरूको बीचमा उनले गरेको उपलब्धिलाई हेरेर यस विषयमा प्रश्न उठाउन कठिन छ ।’ पिटरसनले यो कुरा स्टार स्पोर्टसलाई भनेका हुन् । भारतले धोनीको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप र सन् २०११ मा विश्वकप जितेको थियो । भारतले धोनीकै कप्तानीमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी पनि जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश