अर्घाखाँची चोकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गोरुसिङ्गेको अर्घाखाँची चोकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ।

यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्ष दसैँ–तिहार लक्षित सञ्चालन हुनेछ ।जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पंकज चुँदालीले बताए । यात्रुको सुरक्षाका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरी दुवै उत्तिकै जिम्मेवार बन्नुपर्ने प्रमुख प्रहरी निरीक्षक उनले बताए।

चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन सहायता कक्षको स्थापना गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विर बहादुर सुनारले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासोको सुनुवाइ गरिनेछ।

चाडपर्वमा घर फर्किनेको भिड हुने हुँदा अर्घाखाँचीको मुख्य मार्ग गोरुसिङ्गे अर्घाखाँची चोकमा सहायता कक्ष स्थापना गरिएको र क्रमश जिल्लाका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिने प्रहरीको भनाई छ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा