संरक्षणको पर्खाईमा धार्मिक पर्यटक केन्द्र ‘पारसनाथ’

वीरगन्ज । ‘पर्सा’ जिल्लाको जननी ‘पारसनाथ’ मन्दिर संरक्षणको वेथासँगै प्रचार–प्रसारको अभाव खेपिरहेको पाइएको छ । भक्तको वेथा हर्ने बाबा भोलेनाथ अवस्थित पारसनाथ मन्दिर उल्टो वेथा खेप्न बाध्य भएको पाइएको हो ।

पर्सा जिल्लाकै नाम राख्न बलशाली पारसनाथ बाबाको नामले यो मन्दिर स्थानीयमा चिनिन्छ । साविकमा तीन कोष क्षेत्रफलमा फैलिएको भनिएको यो मन्दिर गुठी संस्थान वीरगन्जको तथ्याँकमा ‘पारसनाथ महादेव’को नाममा दर्ज छ । स्थानीयकै भनाइमा साविकमा १७–१८ सय विघामा फैलिएको भनिए पनि हाल मन्दिरको सम्पतिको अवशेष पर्साको महुवनमा २९ विघा जग्गा, ५ विघा १७ कट्ठा तीन धुरमा रहेको पोखरी र वगहीमा ५६ विघा जग्गा जग्गा मात्र रहेको गुठी संस्थान वीरगन्जले जनाएको हो । यो पनि अदालतको सहाराबाट मात्र । मन्दिरको महन्थका सन्तति र स्थानीय वासिन्दाको बक्रेदृष्टिका कारण पारसनाथ महादेवको सम्पति खुम्चिएको गुठी संस्थानको दावी छ ।

पर्साको महुवन गाविस हालको सखुवाप्रसौनी ५ मा अवस्थित मन्दिर परिषर चाही एक विघा जतिमा रहेको स्थानीयको भनाइ छ । मन्दिरको सार्वजनिक सम्पतिका ’bout लामो समय अदालतमा मुद्दा चलेपछि अदालतले बल्ल २९ विघा जग्गाको चाही सार्वजनिक जग्गा कायम गर्दै आदेश गरेको गुठी संस्थान वीरगन्जका प्रमुख चुडामणी घिमिरेले बताए । यो फैसलाको पूर्णपाठ आउन अझै एक महिना जति लाग्ने उनको भनाइ छ ।

ऐतिहासिक महत्वको मन्दिर प्रवेश गर्ने द्वारमा नै नाँच घर भनी बनाइएको एक तले पक्कि घरको संरचनाका कारण त्यहि संरचनाको बीच प्यासेज प्रयोग नगरी मन्दिर प्रवेश गर्न अर्को बाटो छैन । ‘मुलुकका चार नाथ मध्येको पारसनाथ’ मन्दिर नेपालमा मात्र नभई भारतीय भक्तजन र धार्मिक पर्यटकको आस्थाको केन्द्र समेत हो । तथापि तीनै तहका सरकारको ध्यान नपुग्दा पौराणिक महत्वको यो ऐतिहासिक मन्दिर ओझेलमा परेको स्थानीयको आरोप पनि छ । आरोप लगाउनेले स्थानीयले ‘मन्दिरको व्यवस्थापन समिति समेत अहिलेसम्म नबनेको दावी गरे ।

पशुपतिनाथ झैं महत्व दिन्थे बाह्य भक्तजन
स्थलमार्गबाट भएर आउँने भारतीय धार्मिक पर्यटक नेपाल आउँदा पारसनाथको दर्शन पछि पशुपतिकै दर्शन गरे सरह ठानी यहींबाट फर्कने गरेको समेत संविधान सभा सदस्य अजय द्विवेदी बताए । यत्रो आस्थाको केन्द्र पछिल्लो समयमा संरक्षणसँगै प्रभार–प्रसारको अभाव झेल्दै छ उनले तर्क गरे । मन्दिर अगाडीको नाँच घरमा भेटिएका स्थानीयले पनि मन्दिरको महिमा निकै पुरानो रहेको बताए । ‘भन्नु बाबा’ले निर्माण गरेको यो मन्दिर गुठी अन्तर्गत गएपछि भने साह्रै लथालिङ्ग भयो लामो समय शिक्षा क्षेत्रमा काम गरी अवकास भएका स्थानीय मध्ये श्रीराम गिरीले बताए । निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको अगुवाईमा मन्दिरको संरक्षणका लागि पालिकाको रकमबाट चारै तर्फ दिवाल घेरिएको उनी लगायत त्यहाँ भेटिएका स्थानीयको भनाइ छ ।

साविकको महुवन हाल सखुवाप्रसौनी
परापूर्वकालमा मधुवन जंगल भित्र तीनकोष भूभागमा फैलिएको ऐतिहासिक मन्दिर साविकको महुवन हुँदै हाल सखुवाप्रसौनी ५ मा परेको स्थानीय दीपेन्द्र पटेलले बताए । मधुवन क्षेत्रकै नाम अप्रभंस भई महुवन गाविस हुँदै अहिले त पालिकाको ५ नम्बर वडा भएको छ उनले भने । मानिसको जनघनत्व बढेसँगै परापूर्वको मधुवन जंगल फडानी भई वस्ती विकास भएको हो । यो पारसनाथ मन्दिरकै नामबाट पछि पर्सा जिल्लाको नाम रहन गएको अग्रजहरुको हवाला दिंदै स्थानीय पटेलले बताए । अहिले प्रचार प्रसार र संस्थागत संवद्र्धन हुन नसक्दा यत्रो ऐतिहासिक महत्वको मन्दिर ओझेलमा परेको उनको दावी छ ।

पहिले पशुपतिनाथ, मुक्तिनाथ र स्वयम्भुनाथ जस्तै पारसनाथ पनि प्रख्यात थियो । तर वर्तमानमा पारसनाथको चर्चा पशुपतिनाथ, मुक्तिनाथ, र स्वयम्भुनाथको जति अग्लिन सकेको छैन स्थानीय गिरीले बताए । जिल्लाकै नामाकरण हुनेसम्मको इतिहास बोकेको यो मन्दिरको महत्व निकै ठूलो छ अर्का स्थानीय शम्भुनाथ प्रसाद रौनियारले बताए । एक हजार वर्ष पुराना मूर्तिहरू तथा मन्दिरको गजुरमा रहेको त्रिशूल सूर्यको परिक्रमाको दिशामा घुम्ने गर्दछ । यहाँ रहेको इनारको पानी अहिलेसम्म कहिल्यै सुकेको छैन । इनारको गहिराइलाई सामान्यतया अथाह मानिन्छ । ’cause स्थानीयले इनारको गहिराइ अहिलेसम्म नाप्ने प्रयास गरेका छैनौं उनले भने ।

मन्दिरको ऐतिहासिकता
प्राचिन पारसनाथ मठका महन्थ बाबा ‘भन्नुनाथ’ले यो मन्दिर निर्माण भएको सुनेका छौं । करिब १ हजार २ सय वर्ष पुरानो पारसनाथको महिमा छ । यत्रो लामो इतिहास बोकेको पारसनाथ महादेवको प्रवद्र्धन र प्रचार आधुनिक समयमा अलि ओझेलमा परेको हाम्रो बुझाई हो स्थानीय पटेल, गिरी र चौरसियाले मन्दिरको इतिहास बताउँदै दावी गरे । नेपालमा भूमि सुधार लागु भएपछि गुठी अन्तर्गत मन्दिर गए लगत्तै यसको दूरदशा सुरु भएको उनीहरुको दावी छ ।

साविकमा विशाल मधुवनको जंगलका बीचमा रहेको पारसनाथ मठमा कुनै महन्थ तपस्या गरी बसेको ठाउँमा सो समय मकवानपुर तर्फबाट राजा मुकुन्द चन्द्र सेन शिकार खेल्न आउँदा जंगलका बीचमा धुँवा आएको देखी उनले बाबालाई शिवलिङ्ग सहितको पारसनाथ मठमा तपस्या गरी बसेको पत्ता लगाएको पनि बताइन्छ । राजाले सो जग्गाको कर समेत नलाग्ने गरी महन्थलाई दिएको विगत पाइएको छ । राजा र महन्थका बीचमा तर्क हुँदा मैले जति ठाउँमा पिसाब फेर्छु त्यति छोडिदिनुस् भनी बाबाले पिसाब फेर्दा १ हजार ८ सय जति मठको वरिपरिको मधुवन जंगलको एरिया मठको लागि राजाले छोडिदिएको किम्बदन्ती छ, स्थानीयले विस्तृत्मा बताए ।

पछि बाइसी–चौबिसी राज्यको समयमा तत्कालीन पाल्पाली राजा माणिक सिंहको समयमा यहाँ मन्दिरको निर्माण गरिएको एकथरीको भनाइ पनि छ । सुगौली सन्धी पश्चात महुवनको पारसनाथ मन्दिर वाहेक तीनवटा मन्दिर भारतको बिहार राज्यमा पर्न गएको भन्ने पनि पर्सामा केही अग्रजहरु छन् स्थानीयले भने ।

महन्थ हुँदै अहिले गुठीको संरक्षणमा पारसनाथ
२०२१ सालपछि गुठी संस्थान अन्तर्गत आएको जग्गा महन्थका सन्तति र केही स्थानीयको पनि अतिक्रमणमा परेको गुठी संस्थान वीरगन्जको दावी छ । भारतबाट श्रद्धालुहरू नेपालको पशुपतिनाथ, मुक्तिनाथ तथा स्वयम्भूनाथको तीर्थयात्रामा निस्कँदा पहिला अग्लो पहाडतिर जान नसक्ने र बाटोको असुविधा ठान्नेहरु यही पारसनाथ बाबाको दर्शन गरी फर्किने सम्मको इतिहास सुनिन्छ । तर यस्तो ऐतिहासिक मठ–मन्दिरको जग्गा र सो जग्गाको उब्जाउ वापतको कुत नदिर्नु चाही वेइमानी भएको संस्थानमा भेटिएका राप्रपा नेता शम्भु गिरीले तर्क गरे । मन्दिर छेउको दरबार जस्तो ५२ झ्याले भव्य धर्मशाला अहिले भग्नावशेष छ । मन्दिरको दक्षिण तर्फ धर्मशाला खण्डहरमा परिणत भएको जो कोहीले देख्न सक्छ उनले तर्क गरे ।

मन्दिरको जग्गा कमाएर कुत नदिर्ने नेतादेखि सर्वसाधारणसम्म रहेको गुठी संस्थानको भनाइ छ । पर्साका एक चर्चित नेताले पनि ५६ लाख तिर्न बाँकी रहेको वीरगन्जस्थित गुठि संस्थानका प्रमुख घिमिरेले तर्क गरे । उहाँसँग ताकेता गर्दै छौं । दिर्नु भएन भने पछि मिडियामा उहाँको नाम सहित आउँछौं उनले बताए । नेता, शिक्षक जस्ता समाजका अगुवाहरुले समेतले यो मठको जग्गा अतिक्रमण गरेको गुठीका कर्मचारीको तर्क छ ।

पर्यटन प्रवद्र्धनमा जोडः गापा अध्यक्ष यादव
पर्यटन प्रवद्र्धनको लागि अहिले विद्यालय, कलेजका विद्यार्थीहरुलाई बोलाएर पारसनाथको भिजिट गराइएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए । मन्दिरको प्रचारका लागि पर्यटकलाई आकर्षित गर्न पारसनाथ रथयात्रा र पारसनाथ महोत्सव गर्ने योजना गाउँपालिकाको छ उनले भने । जिल्लाकै नाम रहने धार्मिक स्थल भएकोले यसको सम्वद्र्धन र संरक्षण दुवै तर्फ पालिकाले ध्यान दिने उनको भनाइ छ । मन्दिर वरिपरिको सडकमा लाइटिङ गरी आकर्षक बनाइने छ । प्रदेश सरकारसित मन्दिरको मर्मत, संरक्षण र प्रचारप्रसारका लागि प्रस्ताव गरिएको छ । मन्दिर नजिकै रहेको मन्दिरकै पोखरी सरसफाई र त्यसको पनि संरक्षण गर्ने सबै तयारी छ । पारसनाथ मन्दिरको संरक्षण र सम्बद्र्धनकै लागि पर्खाल निर्माण र रंगरोगन गरिएको छ । अब धार्मिक पर्यटन प्रवर्धनमा भारतबाट जल लिएर पर्साको भाथा धाममा आउने कवरियाहरुलाई पारसनाथसम्म ल्याउने योजना अगाडी बढाइदैछ अध्यक्ष यादवले भने । मन्दिरको प्रचार–प्रसार छिमेकी मुलुक भारत तर्फ समेत गर्ने तयारी छ उनले तर्क गरे ।

पशुपतिनाथको दर्शन गरे सरह फल पाइने जनविश्वास रहेको पारसनाथको प्रचार प्रसार र संरक्षणको लागि प्रदेश र संघ सरकारको सहयोग जुटाउन पनि प्रयासरत रहेको अध्यक्ष यादवले बताए । गुठी संस्थानले पनि आफ्नो मातहतका मठ मन्दिरको प्रवद्र्धन र धार्मिक पर्यटन विकासमा सकृय भएर लाग्न ठोस योजना बनाउन चुकेको स्थानीयको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी