काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद समाधानसँगै आगामी महाधिवेशनको तयारी तीव्र बनेको छ । पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताहरू आन्तरिक छलफलमा छन् । महाधिवेशन तयारी पनि समानान्तर रूपमा अघि बढाइएको छ ।
विवादबीच १५औँ महाधिवेशनको तयारीमा कांग्रेस
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५औँ महाधिवेशन’bout केन्द्रीय निर्वाचन समितिले छलफल गरेको छ । महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम (इलेकट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी १६–१९ असोजमा काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशनको कार्य तालिका अनुसार केन्द्रीय निर्वाचन समितिले आफ्नो तर्फबाट तयारी थालेको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आगामी महाधिवेशनमा प्रविधिलाई प्राथमिकता दिने गरी तयारी भइरहेको छ ।
कटुवालका अनुसार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न निर्णय गरेको छ । बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्दै सकेसम्म पेपरलेस प्रणाली अपनाउने तथा ईभीएम प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
यसै गरी, निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले विधानमा अन्यथा उल्लेख भएकाबाहेक निर्वाचन अवधिभर केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
समितिले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।
निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई सहभागी गराई रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) प्रदान गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सदस्यता अवधि फेरि थपियो
यसैबीच कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको अवधि पुनः थप गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय अब ३ साउनसम्म कायम रहने गरी निर्णय गरिएको हो ।
यसअघि तोकिएको समय सीमा पर्याप्त नभएको निष्कर्षसहित पार्टीले सदस्यता वितरणलाई थप प्रभावकारी बनाउन अवधि बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
महामन्त्री पौडेलले पार्टीका सम्बन्धित सबै निकायलाई थपिएको समय सीमाभित्र सदस्यता वितरणको काम सम्पन्न गर्न आग्रह गरेका छन् । यसअघि कांग्रेसले नयाँ सदस्यताका लागि २० असारसम्मको समय तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ ।
उता पार्टीभित्र देखिएका समस्या समाधान गर्दै विभिन्न प्रस्तावमाथि छलफल गर्दै पार्टी एकता जोगाउने ’boutमा शीर्ष नेताहरूले छलफल जारी राखेका छन् ।
सम्बन्धित समाचार
बन्दसत्र आज, भोलिवाट निर्वाचन प्रक्रिया, रास्वपालाई थप समावेशी बनाइँदै
८ पटक मन्त्री भइसकेका एमाले उपाध्यक्ष पौडेल पक्राउ
गृहमन्त्री सुदनमाथि आक्रमण निराधार हल्ला: सचिवालय
एमाले संसदीय दलको बैठक जारी
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
रास्वपा महाधिवेशनः ९ मन्त्री मैदानमा उत्रदा पूर्वपदाधिकारी मनोनयनको सुरक्षित बाटोमा
विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
यस्तो बन्यो ‘टीम रास्वपा’






