Friday, April 23, 2021
Home प्रदेश कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

,


धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विकको दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नतिजा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १६ दिनको उपचारपछि कोरोनालाई जितेर आइतबारै घर फर्किएका छन् । अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ । १२ चैतमा भारतबाट घर पुगेका उनलाई २२ चैतमा संक्रमणको पुष्टि भएको थियो ।
उनको दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले बताए । डिस्चार्ज गरेका उनलाई घर फर्किएपछि पनि एक हप्तासम्म सामाजिक दूरी कायम गर्न भनिएको डाक्टर जोशीले बताए ।
बिकले दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएर अस्पतालबाट डिचार्ज हुन पाउँदा धेरै खुशी लागेको बताए । ‘सवैलाई त्रसित पारेको रोगलाई जित्दा धेरै खुशी लागेको छ,’ उनले भने, ‘म मात्र होइन्, मेरो परिवार र पुरै मेरो गाउँमा सबै खुशी भएका छन् ।’
उनले उच्च मनोवल राखेर र हिम्मत नहारेमा यो रोगबाट निको हुन सकिने बताउँदै उपचार गराईरहेका सबैलाई हिम्मत नहार्न सुझाव दिए । आफू जसरी घरबाट आएँ त्यसैगरि निको भएर घर फर्केको बताउँदै उनले सधै आफ्नो मन बलियो राखेर कुनै टेन्सन नलिइकन सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने समेत बताए ।
कोरोनालाई जितेर डिस्चार्ज भएका ती युवकलाई घर फर्कने बेला सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेडी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी, उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर लगायतका स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । उनलाई लालीगुराँसको फूल दिएर विदाइ गरिएको थियो ।
अस्पतालमा धनगढी ५ का ३४ वर्षीय युवक र उनकी ३४ वर्षीया भाउजु तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको गरी चार जनाको उपचार भइरहेको छ । देशभरीमा ३१ जना संक्रमितमा उपचार पछि निको हुनेको संख्या चार पुगेको छ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

साताका लोकप्रिय समाचार

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

काेराेना विरूद्ध खोपकाे दोस्रो मात्रा मङ्गलबारदेखि ( कुन दिन लगाउने सूचीसहित)

काठमाडाैं ।  सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका...

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

कावासाेती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

ट्रेन्डिङ

कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट

नोमपेन्ह । कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा...

कोरोनाविरुद्ध गेयाको सहयोग

लन्डन । स्पेन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडका गोलरक्षक डेभिड डी गेयाले कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ लाख युरो सहयोग गरेका छन् । स्पेनमा...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

झ्याङछ्युब छ्योर्तेनको ह्राप्ने सम्पन्न

सिन्धुपाल्चोक । झ्याङछ्युब छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका–२, लिसंखु (ह्रिस्याङगो) मा निर्मित छ्योर्तेनलाई...

कोभिड र यसपछिको शिक्षा

विश्वभरि सबै क्षेत्रमा कोरोनाको असर परेको छ । त्यसमध्ये शिक्षा क्षेत्र सबैभन्दा बढी आक्रान्त बनेको छ । कोरोना महामारीको बीचमाबिश्व रुमल्लिइ रहँदा र यसको...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

कगंनाविरुद्ध किसान

एजेन्सी । मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत एकपछि अर्को विवादलमा फस्दै गएकी छन् । एउटा विवादका कारण गत साता आफ्नो मुम्बईको अफिस गुमाएकी...

कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु

जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ...

कोरोना भाइरसको संक्रमण रोक्न नुवाकोटमा यस्तो तयारी

नुवाकोट । कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथामको लागि नुवाकोटमा पूर्व तयारीलाई तिब्र बनाइएको छ । जिल्लाभरका स्थानीय तहले आ–आफ्नो तयारी गरिरहेका छन्, भने...

दसैंका लागि तीन जिल्लाबाट काठमाडाैंमा खसीबोका ल्याइने

काठमाडाैं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने...

कमेडी च्याम्पियनलाई ड्याट्सन गाडी

काठमाडौं । ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियनसिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो गाडी हस्तान्तरण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)