प्रदीपको एक्टरमा अभिनताकै पीडा

काठमाडौं । आगामी १५ कार्तिक लक्ष्मी पूजाबाट रिलिज देशव्यापी रिलिज हुने अभिनेता प्रदीप खडकाको चलचित्र ‘एक्टरः टेक वन’मा कलाकारले रँगमञ्जमा भोग्नु परेको पीडालाई प्रस्तुत गरिएको छ । यो चलचित्रको शनिबार सार्वजनिक गरिएको टिजरमा अभिनेताको रँगमञ्जदेखि चलचित्रसम्मको अभिनय आरोह अवरोहलाई प्रस्तुत गरिएको छ । एउटा कलाकारले कला यात्रामा कती धेरै आरोह अवरोह र समस्या भोग्नुपर्छ भन्ने कुरा चलचित्र एक्टरमा दर्शकलाई महसुस हुने अभिनेता प्रदीपले बताएका छन् ।

टिजर अनुसार प्रदीपको प्रगतीको वाधक बनेर अभिनेता राजबल्लभ उप्रेती खलचरित्रमा उत्रिएका छन् । प्रदीपको प्रेमदेखि सफलतासम्मको वाधक हुनी बनेको टिजरमा उल्लेख छ । जसमा आना शर्मा र दिव्या रायमाझीसँग प्रदिपको त्रिकोणात्म प्रेम र त्यसले निम्त्याएको समस्या पनि देखाईएको छ ।

‘एक दशक अघि चलचित्र वे टु धम्पुसमा शिर्ष भूमिका निर्वाह गरेर अमेरिका गएका अभिनेता राजबल्लभ यही चलचित्रमा अभिनय गर्न यसपटक नेपाल आएका हुन् । आफु एक दशकपछि चलचित्र एक्टर मार्फत दर्शकमाझ आउन लागेको उनले राजधानीलाई बताए ।

दीलिप रायमाझीकी छोरी दिब्या रायमाझीको यो डेब्यु चलचित्र हो । प्रदीप, राजबल्लभ, दीव्यासँगै यो चलचित्रमा आना शर्मा, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको शिर्ष भूमिका छ ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रको निर्माता थमन कुमार भण्डारी हुन् । जसमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यसमा संगीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा