पञ्चवर्षीय गढीमाई मेला संचालन मुल समिति गठन

बारा । पञ्चवर्षीय गढीमाइ मेला संचालन गर्न मुल समिती गठन गरिएको छ । सोमबार गढीमाई प्राङ्गणमा कार्यक्रमको आयोजना गरि गढीमाइ मेला संचालन गर्न मुल समिती गठन गरेको जानकारी गराइएको हो ।

प्रत्येक पाँच वर्षमा एक चोटी भव्य रूपमा लाग्ने गढीमाई मेलाको संचालन गर्न महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय मुल समिति गठन गरिएको हो ।

भव्य र सभ्य रूपमा मेला संचालन गर्न उपाध्यक्षद्वयमा वडाध्यक्ष मनोज कुमार गुप्ता, गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव, कैलाश महतो, महासचिवद्वयमा विरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल, उपेन्द्र प्रसाद गुप्ता, सचिवमा उमरावती देवी लहेरिन, नितु कुमारी गुप्ता, कोषाध्यक्षमा विरेन्द्र प्रसाद चौरसिया लगायत सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, १६ पालिका प्रमुख उपेन्द्र प्रमुख लगायत एक सय ११ सदस्यीय मुल समिति गठन गरिएको हो ।

सो समितिले विभिन्न उप समिति बनाई पञ्चवर्षीय गढीमाई मेलालाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन् । असोज १७ गते फुलपातीको दिन शोभा यात्रा निकाल्ने तयारी गरिरहेको नगरप्रमुखले जानकारी गराए ।

शोभा यात्रा बरियारपुर हुदै नहरको बाटो भएर कलैया उप-महानगर पालिका वडा नम्वर १० मटिअर्वा नाका हुदै कलैया भएर गन्जभवानीपुर भई गढीमाई मन्दिर प्राङ्गणमा आइ सम्पन्न हुने नगरप्रमुख यादवले जानकारी गराए ।

एसिया मै सबभन्दा बढी बलि दिइने गढीमाई मेला मंसिर १ गते देखि लाग्ने आयोजकले जानकारी गराएका छन् । मेला अवधी एक महिना सम्म रहदै आएको छ ।

विश्व प्रसिद्ध गढीमाई मेलामा पञ्चबली दिए पछि बली आरम्भ हुने गरेको पुजारी मंगल चौधरीले बताए । मेलामा भक्तजनको भाकल पुरा भए पछि बलिको रुपमा रागा, खसी, बोका, परेवा लगायतको बलि दिने गरेको पुजारी चौधरीले बताउछन् ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र