बारा प्रहरीको दशै लक्षित विशेष योजना

बारा । नेपाल प्रहरी कार्यालय बाराले दशै लक्षित विशेष योजना सार्वजनिक गरेको छ । कलैयामा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि दशै लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । हिन्दूहरूको महान पर्व दशै नजिकिदै जादा विगतमा भएको घटनाको सुक्ष्म अनुसन्धान गरि एक सय १५ जना प्रहरीको विशेष सुरक्षा दल बनाएको प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

दशैको उपलक्ष्यमा राजमार्गमा गुडने रात्री बसहरुको यात्रुहरूको जिउज्यानको सुरक्षाको लागि विशेष दल बनाइएको प्रहरी उपरीक्षकले बताए । यात्रुहरूको समान लुटपाट गर्ने योजना विफल गर्न दुई वटा युनिटमा १४ जना प्रहरी खटाइने उनले बताए ।

पथलैयाबाट हतियार सहित प्रहरी बसमा बसेर रौतहटको चपुरमा ओर्लिने र फेरी चपुरबाट अर्को टोली गाडीमा बसेर सुरक्षा दिदै फेरी पथलैया आउने खड्काले बताए । यसरी राउन्ड गरेर राजमार्गमा गुज्रिने राती सवारी साधनको सुरक्षा दिने योजना रहेको उनले बताए । राजमार्गको सुरक्षाको लागि तीन युनिटमा १० जना प्रहरीहरू खटाइने छ ।

चाडपर्वको अवसरमा सीमावर्ती नाकाबाट भित्रिने अवैध साना हतियार, पटाखालाई नियन्त्रण गर्ने र उत्सृखल गतिविधी रोक्न प्रहरी परिचालन गर्ने प्रहरी उपरीक्षकले बताए । चाडपर्वको अवसरमा जाँडरक्सी खाएर झै झगडाको घटना पनि बढने भएकोले जाँडरक्सी नियन्त्रणमा जोड दिइने उनले बताए ।

चाडपर्वको अवसरमा बैक बितिय संस्थाबाट वृद्धहरूले पैसा झिक्ने बेला लुटपाट गर्ने कार्यलाई विफल पार्न प्रहरी गस्ती बढाइने उनले बताए । मोवाईल गस्तीमा १० ठाउमा ८२ जना प्रहरीहरूलाई चार पाङ्ग्रेमा गस्ती गर्ने जानकारी गराएका छन् । त्यस्तै मोटरसाइकल गस्तीमा ५० ठाउमा दुई सय आठ जना प्रहरी खटाईने प्रहरी उपरीक्षक खड्काले बताए ।

बजारमा कृतिम अभावको सृजना गरि कालोबजारी गर्नेलाई व्यापारीलाई कारवाही गर्ने समेत बताए । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा बजार अनुगमन कार्यको तिव्रता समेत बढाएको जानकारी गराए ।

चाडपर्वको अवसरमा मोटरसाइकलमा दुई भन्दा बढी बसेर हाक्नेलाई कारवाही गरिने । घरबाट बाहिर निस्किने सवारी धनीले हेल्मेट लगाई आफ्नो सवारीको आवश्यक कागजपत्र, लाईसेंस सहित सवारी साधन प्रयोग गर्न आग्रह गरेका छन् ।

उत्सृखल गतिविधि हुने ठाउहरूको आकलन गरि ५३ वटा युनिटमा दुई सय ९० जना प्रहरीहरू खटाईने प्रहरी उपरीक्षले बताए । दशैमा घर आउने जानेको लागि ९ वटा ठाउमा २२ जना प्रहरीले यात्रु सहायता कक्ष संचालन गरि सेवा दिने उनले बताएका छन् ।

सवारी साधनको गति मापन गर्न राइडर गन, सिसिटिभीबाट अनुगमन गर्ने, मापसे सेवन गर्नेहरुको लागि ब्रेथलाईजरको प्रयोग गर्ने, लागु औषध, विष्फोटक पदार्थको चेकजाँचको लागि तालिम प्राप्त कुकुरको निगरानी बढाउने आवश्यकता अनुसार जिल्ला प्रशासन, शसस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान कार्यालयसँग समन्वय गरि थप जनशक्ति परिचालन गरिने प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३