बिराजको १२ गाउँ ट्रेलर, रिलिजको १२ घन्टामै ट्रेन्डिङमा

काठमाडौं । अभिनेता एवम् निर्देशक विराज भट्टले आफ्नो चलचित्र १२ गाउँको ट्रेलर सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । यो चलचित्र नेपालीसँगै हिन्दी र दक्षिण भारतका अन्य दुई भाषामा पनि निर्माण भएको छ । नेपाली संस्करणको ट्रेलर यतिबेला रिलिज भएको हो ।

यो चलचित्रमा बिराज भट्टसँगै उनको छोरा समीर भट्ट, नरेन खड्का, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको अभिनय रहेको छ ।

यो चलचित्रको ट्रेलर रिलिज भएको १२ घन्टामै नेपालको युट्युब ट्रेन्डिङको सातौं स्थानमा आएको छ । यो ट्रेलरले रिलिजको २५ घन्टा नपुग्दै दर्शकबाट ६ लाख भन्दाबढी भ्युज पाएको अभिनेता तथा निर्देशक बिराजले राजधानीलाई बताए ।

३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलर एक्सनले भरिएको छ । यही चलचित्रबाट विराजले आफ्ना छोरा समीर भट्टलाई डेब्यु गराएका छन् । यसैबाट सनिशा भट्टराई र न्यान्सी खड्काले पनि नायिकाको रुपमा डेब्यु गरेका छन् ।

बलिउडमा तीन वर्ष यताबाट चलचित्र सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका समीरको ट्रेलरमा प्रस्तुत एक्सनले दर्शकबाट राम्रो प्रसँसा पाएको छ । गाउँमा सामन्तीहरुको शोषण बिरुद्ध कथा समेटिएको यो चलचित्रको ट्रेलरमा प्रेम र पीडा समिश्रण छ ।

यसपटक दशैंमा बिराजको १२ गाउँसँगै दिपकराज र दीपाको चलचित्र छक्का पञ्जा ५, जितु नेपालको चलचित्र ज्वाईं साब रिलिज हुँदैछ । आफ्नो एक्सन प्रधान सामाजिक कथामा आधारित चलचित्र भएकाले दशैं जस्तो ठुलो पर्वका कारण १२ गाउँ फुलपातिमा रिलिज गर्न लागेको बिराजले राजधानीलाई बताए ।

यो चलचित्रमा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन, विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी