दर्जन श्रष्टालाई इबिजी छैटौं राष्ट्रिय व्यक्तित्व तथा सर्जक सम्मान

काठमाडौं । नेपाली चलचित्र, गीतसंगीत तथा सौन्दर्य क्षेत्रमा योगदान दिँदै आएका विभिन्न श्रष्टाहरु सम्मानित भएका छन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टद्वारा बडा दशैं २०८१ को अबसरमा नाचघर काठमाडौंमा आयोजित शुभकामना आदनप्रदान तथा व्यक्तित्व एवम् सर्जक सम्मान कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा इभेन्ट बेटर ग्यालेक्सीद्धारा शुभकामना आदन प्रदान गरियो । सोही क्रममा श्रष्टाहरुलाई ‘इबिजी छैटौं राष्ट्रिय व्यक्तित्व तथा सर्जक सम्मान २०८१’बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा संगीत क्षेत्रबाट संगीतकार दीपक शर्मा, गायिका सञ्जु न्यौपाने, गायिका सरिता भारतीलाई सम्मान गरियो । यस्तै चलचित्र क्षेत्रबाट निर्माता रौनक विक्रम कँडेललाई, सञ्चार क्षेत्रबाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी पारश प्रकाश नेपाल र सञ्चारकर्मी सोफिया महर्जन कार्कीलाई सम्मानित गरियो ।

यस्तै सौन्दर्य क्षेत्रबाट पूर्व मिस नेपाल युनिभर्स तथा उद्यमी मनिषा डँगोल श्रेष्ठ, नृत्य कलाकार लिजा श्रेष्ठ, कोरियोग्राफर तथा मोडल स्वस्तिका भण्डारी, सामाजिक क्षेत्रबाट व्यवसायी तथा समाजसेवी नकुल गिरी, सुरेन्द्र गिरी र ज्योतिष नजराज भट्ट (भट्ट गुरु) पनि कार्यक्रममा सम्मानित भए ।

चलचित्र विकाश बोर्ड अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका मोहन अध्यक्ष निरौला, रोज व्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजित, इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकार, गीतकार तथा सञ्चारकर्मी सुमन पण्डितलगायतले दशैंको टिका लगाएर शुभकामना दिँदै सम्मानितलाई सो सम्मान प्रदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा