बारामा १० वर्षे बालक एक्लै क्वारेन्टाइन बसेर घर फर्किए

सिमरा । बारा निजगढका निमा थिङका बुवाआमा ललितपुरको ठेंजु हनुमान इँटाभट्टामा काम गर्थे । भट्टा नजिकैको श्री ब्राह्मणी आधारभूत विद्यालयमा उनी कक्षा १ मा पढ्थे । वार्षिक परीक्षा दिइसकेका उनी ‘रिजल्ट’को पर्खाइमा थिए । तर कोराना भाइरसका कारण देशभर लगाइएको लकडाउनले काम बन्द भएपछि उनी बुवाआमासँगै निजगढ घर फर्किए ।

काठमाडौंबाट ३ दिनको पैदलपछि उनी बाबुआमासंगै गृहजिल्ला बाराको निजगढ १० घैयाखोरिया आए । तर गाउँमा उनीहरू पुगेको खबर पाउनासाथ निजगढ नगरपालिकाका स्वास्थ्यकर्मी ‘थर्मल गन’ बोकेर पुगे ।

पालैपाले सबैको ज्वरो परीक्षण गरियो । निमालाई १०२ डिग्री ज्वरो देखियो । त्यसपछि निमालाई बुवाआमाबाट छुट्याइयो । गाउँकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वडा कार्यालयले बनाएको ‘क्वारेनटाइन’मा उनलाई राखियो । निमालाई २ दिनसम्म ज्वरो देखियो । त्यसपछि ज्वरो घटेर उनको अवस्था सामान्य बन्दै गयो । तर १४ दिन उनलाई क्वारेनटाइनमै राखिने भयो ।

उनको परिवार प्रत्येक वर्ष मंसिरमा इँट्टाभट्टामा काम गर्न काठमाडौं जाने गर्छन् । र बर्खा सुरू हुनुअघि नै घर फर्किने गर्छन् । यहाँका १६ जना यसैगरी संगै घर फर्किएका थिए । निमाको परिवारमा पढेलेखेका कोही छैनन् । गाउँ फर्किंदा गाउँकै विद्यालयमा भर्ना हुन्छन् भने काठमाडौं जाँदा उतैको विद्यालयमा ।

सिजनमा मात्र काम हुने भएकाले शैक्षिक सत्र सुरू भएको ८ महिनाछि निमा इँटाभट्टा छेउको स्कुल पुग्छन् । नियमित कक्षाभन्दा पनि उनी इँटाभट्टामा आमाबुवासँगै हुन्छन् । उनी पनि काम गर्छन् र पैसा कमाउन पनी सिकिसकेका छन् । क्वारेन्टाइनमा निमालाई भेट्न उनका बुवाआमा दोस्रो दिन पुगेका थिए । घर जान जिद्दी गरेपनी नियमअनुसार १४ दिन निमा त्यहीँ बस्नुपर्ने थियो र बसेपनी ।

निमाका बुवा रामबहादुर फेरि सातौं दिन आउने बाचासहित घर हिँड्दा उनलाई नरमाइलो लागेको उनी सुनाउछन् । तर जसोतसो उनी १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका छन् । उनी त्याहाँ रहँदा कोरोना भाइरसको संक्रमण’bout र क्वारेन्टाइनको नियम’bout रामै्रसंग बुझे र नियममै बसे ।

आर्थिक रुपमा बिपन्न उनी क्वारेन्टाइनमा बसेदेखि जम्मा एउटा मात्र कपडा फेरे । उनीसँग एउटा स्कुलको सर्ट, टिसर्ट र कट्टु मात्र छ । कट्टु पनि पुरानो भएर घर फर्किदा जालीजस्तै थियो । उनलाई हिजो १४ दिनपछी परिवारको जिम्मा लगाइएको र उनीसँगै क्वारेन्टाइन बसेकाहरुलाई पनि घर फर्काइएको निजगड १० का बिपत ब्यवस्थापन समितीका संयोजक कुमार लामा मोत्तानले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान