आजभन्दा एक महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बोलेका कतिपय शब्दलाई लिएर कतिपय सामाजिक सञ्जालमा विभिन्न थरीका प्रतिक्रिया आए । खासगरी गैडाज, हात्तीजजस्ता शब्दका पछाडि केही समूह गाली गर्ने उद्देश्यका साथ पछि लाग्यो । यसै विषयलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोख्रेलले त प्रधानमन्त्रीले व्यक्त गरेको भाषालाई स्थापित गर्नेतर्फ लाग्नुपर्ने निर्देशन आफ्नो पार्टीपंक्तिभित्र दिए ।
वास्तवमा भाषा भन्नु विचार विनिमयको साधन हो । यो यादृच्छिक हुन्छ । संसारभर विचार विनिमयका लागि दुुई उपाय अवलम्बन गरिन्छ । कथ्य भाषा र लेख्य भाषा । लेख्य भाषामा जस्तो कथ्य भाषामा औपचारिकता, पद संगति र मानक खोजिँदैन । वक्ताले आफ्नो विषयलाई आशय, इसारा, हाउभाउ आदि तरिकाद्वारा श्रोतालाई बुुझाउन सक्नुमा नै कथ्य भाषाको सामथ्र्य निहित हुन्छ । यसरी हेर्दा प्रधानमन्त्रीले बोलेका केही शब्दका पछि लागेर छिद्रान्वेसी खोज्नु स्वाभाविक थिएन र होइन पनि । ’cause, विचार विनिमय नै कथ्य भाषाको सार्थक पक्ष हो । औपचारिकता खोज्नका लागि त लेख्य भाषा छँदै छ ।
विद्यालयमा भाषा सिकाइ
बालबालिकालाई सिकाइका लागि भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषा विज्ञानले मानव अवयवद्वारा उच्चारित सार्थक ध्वनि संकेतको व्यवस्थालाई मात्र भाषा मानेको छ । तर, व्यवहारमा यसको अर्थ, क्षेत्र र उपादेयता यसभन्दा धेरै परसम्म जान्छ । खासगरी पहिलो भाषा (मातृभाषा)को प्रभावमा हुर्के, बढेका बालबालिकाका लागि दोस्रो भाषाको सिकाइ यादृच्छिकताको कारण जटिल बन्नजान्छ । अहिले चर्चामा आएको वैकल्पिक सिकाइ विधिको प्रयोगले त झन् भाषिक पक्ष शुद्धता र बोधगम्यताका हिसाबले थप जटिल बन्ने देखिन्छ । खासगरी नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्नेहरूका लागि शिक्षकले थप मिहिनेत गर्न जरुरी छ ।
भाषाको जबर्जस्त प्रयोग र जबर्जस्त बुुुुझाइ सिकाइका लागि हानिकारक हुन् । सुरुबाटै शब्दशक्तिका हिसाबले भाषिक ज्ञानको रहर पनि पाच्य हुँदैन । उमेर, अवस्था, स्थान तथा समुदायपिच्छे भाषिक व्यवहार अलगअलग हुने गर्छ । समयका क्रममा विभिन्न कारणले गर्दा भाषामा परिवर्तन पनि देखिन्छ । समय, स्थान र परिवेशअनुसार भाषिक व्यवहार गर्न सक्षम नागरिक तयार गर्नु आजको शिक्षाको एउटा लक्ष्य पनि हो ।
तीन घटना
लगभग २०३७ सालतिरको प्रसंग हो । म पर्वतको लेकफाँटस्थित गिद्देश्वार निमाविमा पढाउनका लागि नियुक्त भएँ । उतिबेला जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिन्थ्यो । विद्यालयले हाजिर गराएर काममा लगाउँथ्यो । अन्य पूर्वाधार तयारीका लागि विद्यालय सहयोग समिति थियो । अहिलेका झैं व्यवस्थापन समिति भन्ने त्यसबेला हुँदैनथ्यो । सो ठाउँ मेरा लागि निकै टाढा परेकाले अपायक भयो । मैले जिल्ला शिक्षा कार्यालय पर्वत, कुश्मामा आई सरुवा पाउँ भनी जिल्ला शिक्षा अधिकारीसमक्ष निवेदन दिएँ । निवेदनका अन्य भाषा रेडिमेट नै थिए । एउटा कुरा नवीन रहेछ । भाषाका पारखी जिल्ला शिक्षा अधिकारी प्रेमनिधि ज्ञवाली (सचिवबाट निवृत्त)ले निवेदन हेर्दासाथ थाहा पाए । मलाई उनको टेबुलनेर बोलाए । ‘यो पढनूस्’ भने । ‘खाए खा, नखाए घिच नभनीकन मलाई तुरुन्त सरुवा गरियोस्’ मैले यही पढें । मेरो निवेदनमा यही लेखिएको रहेछ । उनले भने, ‘जे पायो, त्यही लेख्ने ? केहो नघाए घिच भनेको ? तपाईंलाई कसले घिच भनेको छ ? आजै छाडिदिनुस्, मैले कर ग¥या छ र ? मनपरी निवेदन लेख्ने ?’ भनेर आफू बसेको घुमाउने कुर्सी फनक्क घुमाए । मैले मेरो भाषाको आशय बताउन खोजें, उनले सुनेनन् । मेरो सातोपुत्लो गयो । सरुवा पाउने त कुरै भएन ।
मलाई मैले पढेको भाषा ठीक ठाउँमा प्रयोग गर्न नजानेकामा दुःख पनि लाग्यो । त्यहाँबाट म हिँडे । म हिँडेपछि उनले स्टाफसँग ‘यो केटो टाँठो रैछ, जुद्देलाई पछि यसैले ठीक पार्लाजस्तो छ’ भने भनेर सँगै बसेका अन्य स्टाफले यसपछिको भेटमा मलाई सुनाउँथे । जुद्दजंग लामिछाने तिलाहार गाउँपञ्चायतका उतिबेलाका प्रधानपञ्च थिए । जिल्लाका सबै हाकिमहरू ‘भुकको भद्रे र तिलाहारको जुद्दे’सँग हाम्रो केही लाग्दैन भनेर थर्कमान हुन्थे । त्यसपछि सचिव भएपछि पनि मैले ती ज्ञवालीलाई भेटेको छु । ‘सर खाए खा नखाए घिच भनेर लेखेकामा सरले मेरो सातो लिनुभएको थियो’ भन्दा उनले सो घटना आफूलाई पनि स्मरण रहेको बताएका थिए । यो पहिलो घटना थियो ।
२०७५ चैतमा म शिक्षा विकास तथा समन्वय इकाइ बारामा इकाइ प्रमुख थिएँ । एसईई सञ्चालन गर्नुपर्ने भयो । जिल्लामा ३१ वटा परीक्षा केन्द्रहरू थिए । ३१ जना नै केन्द्राध्यक्ष चयन गर्नुपर्ने भयो । जहिले पनि शिक्षा अधिकारीका लागि केन्द्राध्यक्ष चयन सबैभन्दा टाउको दुखाइको काम हुन्थ्यो । धेरै आकांक्षी, थोरै सिट । त्यसमाथि पनि तराईको कुरा नै अर्को । सबका सबलाई केन्द्राध्यक्ष हुनुपर्ने । परीक्षा समन्वय समितिमा प्रस्ताव लगेपछि जुन विद्यालयमा केन्द्र छ, त्यस विद्यालयको योग्यता पुगेको प्रधानाध्यापक छ भने ऊ पदेन केन्द्राध्यक्ष हुने अन्य अवस्थामा मात्र नयाँ विद्यालयबाट खटाउने नीति समितिले पारित ग-यो । लगभग २८ ठाउँमा समस्या आएन । तीन ठाउँमा नयाँ पठाउनुपर्ने भयो । बैठकबाट जिल्लामा भएका सबैभन्दा सिनियरमध्येबाट पठाउने नीति बनायौं ।
लेख्य भाषामा जस्तो कथ्य भाषामा औपचारिकता, पद संगति र मानक खोजिँदैन । लेख्य भाषामा जस्तो कथ्यमा औपचारिकता खोज्दा भाषिक विकासमा अवरोध पुग्न जान्छ
बैठक सकिएको केहीबेरपछि एक जना बाराकै संघीय सांसदले मलाई फोन गर्दै भने, ‘मेरो तर्फबाट तीन जना मान्छे केन्द्राध्यक्षमा राख्नुहोला ।’ मैले भनें– माननीयज्यू, टुंगो भइसक्यो, हामीलाई जम्मा तीन जना नयाँ मान्छे चाहिने भयो, बाँकी केन्द्र परेका विद्यालयका हेडसरहरू नै पर्नुभयो ।’ मैले २८ जनाको नाम सुनाएँ । यसो गर्दा उनका दुई जना हेडसर स्वतः परेछन् । अब यी तीन जनामा एक जना मेरो भागमा भनेर नाम दिए । मैले भनें– एक त हामीलाई ३१ जना भए पुग्छ, तपाईं माननीयहरू ११ जना हुनुहुन्छ, तपार्इंलाई तीन जना दिएपछि अरूलाई पनि दिनुपर्छ, मैले अन्याय गर्न हुँदैन, एउटाको भागमा तीन जना हो भने मलाई ३३ केन्द्र चाहिन्छ, मसँग ३१ केन्द्र मात्र छन्, फेरि दुई जना तपाईंका मान्छे परिसकेकै छन् त ।’ उनले जिल्लाका आफ्ना हेडसरलाई प्रयोग गरी मलाई फोन, प्रेसर र धम्क्याउन थाले । राजेश पौडेल प्रमुख जिल्ला अधिकारी थिए । मैले प्रमुख जिल्ला अधिकारीलाई सबै कुरा सुनाएँ । उनले ‘भइगो के झगडा गर्नु यिनीहरूसँग, उनको को मान्छे रहेछ राखिदिनुस्’ भने । मैले माननीयलाई पुनः फोन गरेर भनें, ‘माननीयज्यू, तपाईंको एक जना थप राखौंला ठीकै छ, तर तपाईंले आफ्ना कुरा सिधै मलाई भन्नुहोला, म तपाईंसँग डिल गर्छु, तपाईंका छाउरासँग म बहस गर्न सक्दिनँ, मेरा शिक्षकले मलाई तपाईंको नाम लिएर झपार्न पाइँदैन नि ! तपाईं पो माननीय हो, म मान्छु तर तपाईंका छाउरालाई म किन मान्नु ?’ उनले ‘ल ठीक छ, फलानोलाई राख्नुहोला’ भनेर निर्देश गरे ।
एकछिन पछि पुनः उनै माननीयको फोन आयो । ‘ए जिशिअ सा’ब (कार्यालयको नाम शिक्षा विकास तथा समन्वय इकाइ र प्रमुखको पद इकाइ प्रमुख भए पनि जनजिब्रोमा शिक्षा कार्यालय र जिशिअ नै भन्ने चलन आजपर्यन्त छ) तपाईं कति पढनुभा’छ ?’ भने । मैले यति भनें–
‘के विषय हो ?’ उनले सोधे । मैले ‘नेपाली माननीयज्यू’ भनें । ‘तपाईंलाई भाषा भनेको के हो थाहै रहेनछ ।
यस्ताले के नेपाली पढेको ? अघि तपाईंले मलाई छाउरा भन्नुभाथ्यो ? के हो छाउरा भनेको ? कसको बच्चालाई छाउरा भनिन्छ थाहा छ ? तपाईंका छाउरा भन्नुभयो । उनीहरू छाउरा भएपछि म के भएँ ?’ उनले मेरा कुनै पनि कुरा सुन्न चाहेनन् । मलाई एकोहोरो प्रश्न मात्र तेस्र्याए । ‘मसँग युनिभर्सिटी पढाउने प्रोफेसर पनि सँगै हुनुहुन्छ । तपाईं मात्र पढेको भन्ने ?’ मेरो होस, हवास उड्यो । प्रतिकार वा स्पष्टीकरण दिने मौका नै दिएनन् । मैले लक्षणामा भनें, उनले अभिधामा बुुझे । यो मेरा लागि दोस्रो घटना थियो ।
२०७६ वैशाखको पहिलो साता । भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले भिमाद–२ विरुवास्थित सिद्ध आधारभूत विद्यालयमा गएर खानेपानीको अवस्था अवलोकन गरी आउन खटाए । खानेपानी शाखाका प्राविधिक, स्रोतव्यक्ति केशवराज वाग्लेसहित म गयौं । फर्कंदा बाटोमा उनै नगरप्रमुख थापाको घर रहेछ । म पहिलोपटक त्यता गएकाले मलाई थाहा थिएन । साथीहरूले यो हाम्रा मेयरसा’बको घर हो भने । मैले गाडी रोकेर एकछिन घर हेरें । हामी कार्यालय फर्केपछि प्रतिवेदन दिन नगरप्रमुखको कार्यकक्षमा प्रवेश ग¥यौं । विद्यालयको प्रतिवेदन सकिएपछि व्यक्तिगत गफतिर हामी सोझियौं । नगरप्रमुख राजनीतिक प्राणी हुन् । तर, कर्मचारीसँग गर्ने व्यवहार, भलाकुसारी, व्यक्तिगत सम्बन्ध स्थापनामा उनी काबिल थिए ।
एउटा राजनीतिक प्राणीमा कसरी कुशाग्र मनोविद्को शैली रूपायित भएछ म दंग परें । ३३ वर्षको जागिरे अनुुुुुुुभवमा यसरी मिही पाराले अन्वेषण गर्ने निजामतीमा सचिवसमेत मैले एकदमै कम देखेको–भोगेको छु । उनले ‘मेरो घर पनि देख्नुभयो ? कस्तो लाग्यो ?’ भने मैले ‘देखें हजुर । स्वर्ग नै रहेछ’ के मात्र भनेको थिएँ, कुरा समाइहाले । ‘स्वर्ग ! के भन्नुुभयो सर ? स्वर्ग त मरेको मान्छे बस्ने ठाउँ होइन र ? म त जिउँदै छु त’ उनले भने । म पानीपानी भएँ । ‘होइन मेयर सा’ब, स्वर्गजस्तै भनेको, हजुरले जस्तै नसुन्नुभा’ भनें । ‘ए, उसो भए ठीक छ । स्वर्गजस्तै त हुनसक्छ’ भने । त्यसपछि म ठेगानमा आएँ । नभन्दै उनको घर स्वर्गकै टुक्राजस्तो मनोरम स्थानमा थियो । चारैतिर हरियाली, बीचमा कालोपत्रे गरिएको बाटो । बाटामुनि सुन्तलालगायतका रूखको मनोरम शीतलता । तीनतले घर । माथिल्लो तलो हाइवेसँग जोडिएको । त्यसभन्दा तल सिँढी टेक्दै बीचको तलो र त्यसभन्दा पनि तल अर्को तलो । साँच्चैको मनोरम थियो उनको घर र घर वरिपरिको दृश्य । मैले यसलाई उपमा अलंकार र लक्षणा शब्दशक्तिमा बोलें, उनले अभिधामा अथ्र्याए । भाषिक प्रयोगमा म चुुकेको यो तेस्रो घटना थियो ।
भाषा र सिकाइ
भाषाले पार्ने प्रभाव र यसको प्रयोगपक्षका ’boutमा धेरै कुरा प्रायोगिक भाषा विज्ञानले सिकाउँछ । तर, हामीले वैकल्पिक सिकाइका तरिकालाई उपयोगमा ल्याउँदा भने अभिधाजन्य भाषाबाटै सिकाइ गर्नुपर्ने हुन्छ । व्यञ्जना र लक्षणातर्फ जानका लागि भने प्रत्यक्ष विधि नै आवश्यक ठानिन्छ । लेख्य भाषामा जस्तो कथ्य भाषामा सुुरुमै औपचारिकता खोज्दा भाषिक विकासमा अवरोध पुग्नजान्छ । भुल र प्रयत्नका आधारमा नै भाषिक सिकाइमा जोड दिनुपर्ने हुन्छ । परिपक्व भाषिक प्रयोगको अपेक्षा भने यसभन्दा धेरै परको विषय हो ।