Thursday, June 24, 2021
Home बिचार मातातीर्थ : ज्ञानको पुस्तान्तरण

मातातीर्थ : ज्ञानको पुस्तान्तरण

,

हरेक चाडपर्वको आआफ्नै मौलिक विशेषता र महत्व हुन्छ । आफ्नो समुदायको संस्कार र समाजको मौलिक चेतनासँग गाँसिएको चाडपर्वले मानिसमा उमंग, उत्साह ल्याउँछन् । कतिपय चाडपर्वले पारिवारिक तथा सामाजिक समीपता, मेलमिलापको संस्कृतिलाई आत्मसात् गरेका हुन्छन् । जसले मानवजीवनलाई उल्लासमय बनाउँछ र जिजीविषामा ताजगी थप्दछ । अर्थात् म बाँच्नु नै उल्लास हो भन्ने मानसिक सामथ्र्य भरिदिन्छ । कतिपय चाडपर्वको भने सामाजिक र पारिवारिक आयामभन्दा पनि माथिल्लो स्तरको वैयक्तिक आयाम हुन्छ । मातातीर्थ औंसीलाई हामी यस्तो चाडका रूपमा लिन सक्छौं । संसारमा आफ्नो जैविक अस्तित्व पैदा गर्ने आमा शब्दसँग जोडिएकाले यसप्रति मान्छेको वैयक्तिक संवेदना गाँसिएको हुन्छ । संसारमा आमासँग संवेदना नगाँसिएको कोही पनि हुँदैन । त्यही संवेदनाले यस पर्वको महत्वलाई मानिसको अन्तर हृदयसम्म तरंगित गर्छ । आमासँगको सामीप्यमा रहँदाको हर्ष होस् या वियोगमा रहँदाको पीडादायी आँसु, मानिसको अन्तर्हृदयलाई तरंगित पार्नुका परिणाम हुन् ।

त्यसैले, मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आफूलाई जन्मदिने आमाप्रति श्रद्धा भक्ति, सम्मान, आदर र खुसी व्यक्त गर्दै मनाइने पर्व हो । विशेषगरी हिन्दू संस्कृतिमा आमा जीवित भएकाले आमालाई मनपर्ने मीठा खानेकुरा र वस्त्रहरू दिएर दीर्घायुको कामना गर्दै मनाइन्छ भने आमा नभएकाले श्रद्धापूर्वक ब्राह्मण तथा कन्यालाई दानदक्षिणासहित भोजन गराई मनाउने प्रचलन छ । यस पर्वका दिन काठमाडौंमा रहेको मातातीर्थको पोखरीमा गई स्वर्गवासी आमाको प्रतिबिम्ब पानीमा हेर्ने प्रचलन छ । भौतिक रूपमा आमा साथै नरहे पनि आमा आफूसँगै रहेको महसुस गर्ने र आफूमा जन्मशक्ति सञ्चित गर्ने मनोयोगद्वारा यो विधिनिर्देशित छ ।

जीवित आमालाई मनपर्ने मीठा खानेकुरा र वस्त्रहरू दिएर दीर्घायुको कामना गरिन्छ भने आमा नभएकाले श्रद्धापूर्वक ब्राह्मण तथा कन्यालाई दानदक्षिणासहित भोजन गराइ मनाउने प्रचलन छ

आमाले नौ महिनासम्म गर्भमा राखेर सन्तानलाई जन्म दिन्छिन् । सन्तान आमाको खुसीको प्रतिबिम्ब हो । त्यसैले, आफू कष्टमय प्रसव वेदनामा रहँदा पनि आमा खुसी हुन्छिन् । अरू सबै समयमा सन्तान हाँस्दा मात्रै खुसी हुने आमा त्यसबेला सन्तान रुँदा खुसी हुन्छिन् । संसारमा कुनै यस्तो संवेदना छैन, जो आफ्नो दुःखमा खुसी होओस् । तर, आमा त्यस्तो संवेदना हो, आफ्नो पीडामा खुसी हुन्छिन् जतिबेला सन्तान पैदा हुन्छ । सन्तानको जन्मपछि जीवनमा आइपर्ने हरेक हन्डरठक्कर उनी सहर्ष स्वीकार गर्छिन्, सन्तानकै खुसीका लागि ।

नवजातको लागि पहिलो पाठशाला आमा हुन् । एउटी नारी शिक्षित भइन् भने परिवार शिक्षित बनाउँछिन् । तर, एउटा पुरुष शिक्षित भएमा आफू मात्र शिक्षित हुन्छन् भन्ने भनाइ प्रचलनमा छ । सायद पुरुषभन्दा महिला आफ्ना सन्तानसँग बढी समयसँगै रहने भएकाले पनि यस्तो भनाइ प्रचलनमा रहेको होला । बच्चाले सुरुमा आमा, त्यसपछि घरपरिवारको शिक्षाबाट उसले असल संस्कार, नैतिक शिक्षा र सही मार्गदर्शन पाउने गर्दछ । अनि मात्र औपचारिक शिक्षा लिन थाल्दछ ।

विवेक पुस्तान्तरणका लागि आमाबुबा, हजुरबा हजुरआमा वा अभिभावकसँग धेरै समय व्यतित गर्ने संस्कार बसाल्नुपर्छ

यस प्रसंगमा बाल्यकालको एउटा घटना उल्लेख गर्दछु । एकपटक म साथीको लहैहलैमा लागेर छिमेकीको बारीमा काँक्रा चोर्न गएँ । आमाले देख्नुभएछ । आमा कराउन थाल्नुभयो । साथीहरू सबै घरतिर भागे । म एक्लै आमाको गाली सुन्न थालें । आमाको त्यस गालीबाट मैले पाएको नैतिक शिक्षा कहिल्यै पनि अरूको चोरेर खानुहुँदैन भन्ने थियो । झुठो बोल्नु हुन्न, अरूको मन दुःखाउनुहुन्न आदि नैतिक ज्ञान आमाको गालीबाट मैले प्राप्त गरें । त्यसलाई गाली भन्न किमार्थ सकिँदैन, जीवनलाई सत्मार्गमा हिँडाउने गोरेटो निर्माण हो त्यो । आमाले दिने स्नेहका कारण आमासँग डर कम हुन्छ । आमाले भन्नुभयो, ‘नराम्रो काम गरेको अरूले नदेखे पनि भगवान्ले माथिबाट हेरिरहेका हुन्छन्, । एउटा अप्रकट अस्तित्वको डर देखाएर भए पनि आफ्नो सन्तानलाई सत्मार्गमा हिँडाउने त्यस्तो उपाय आमासँग मात्रै हुन्छ । त्यसपछि नै हो मैले झुठो बोल्ने आँट कहिलै गरिनँ । एक दिनको कुरा हो, स्कुलबाट घर फर्केर लुगा फेर्दै थिएँ । एउटी साथी खेल्न बोलाउन आइन् । म कोठाभित्र ढोका थुनेर, तौलियाले बेरेर लुगा फेरिरहेकी थिएँ । मैले यस्तो गरेको देखेर साथी छक्क परिन् । उनले सोधिन्, ‘किन ढोका थुन्दा पनि तौलिया बेरेको ?’ मैले भनें, ‘आमाले भन्नुभएको भित्ताको पनि आँखा हुन्छ रे, कान हुन्छ रे, भित्ताले पनि सुन्छ रे, देख्छ रे ।’ मैले यसो भनेपछि मेरी साथी भित्तातिर नियालेर हेर्न थालिन् । आमाले बाल्यकालमा पिलाएका यस्ता ज्ञानवद्र्धक औषधि अहिले सम्झनामा आउँछन् । यस्तो सम्झनाले म घरीघरी रोमाञ्चित हुन्छु ।

यति उल्लेख गर्दा महिला मात्र सन्तानप्रति जिम्मेवार छन् भन्न खोजेको कदापि होइन । तर, आमासँगको आत्मीय संसर्गको अवसर बुबासँग हुँदैन । आफूलाई कतै पनि नछोपी, कतै पनि नअड्काइ हामी आफ्नो भावना आमासँग मात्रै व्यक्त गर्न सक्छौं । चाडपर्वमा बुबाले आफुले पुरानो कपडामा रहेर पनि छोराछोरीको इच्छामा रमाउनुभएको दिन अनि गाँस, बास र कपासका लागि बुबाले गर्नुहुने परिश्रमको महत्व पनि कम छैन । ठूलो मान्छेलाई आदर गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ भन्ने कुरा पनि हामीले अभिभावकबाट सिकेको हौं । आमाबुबाका हरेक गालीले हामीलाई आफ्नो बाटो पहिल्याउन सघाएको हुन्छ । आमाबुबाको गालीमा जीवनलाई मार्गदर्शन गर्ने औषधि मिसिएको हुन्छ ।

त्यसैले त सन्तानलाई सही मार्गदिशामा लैजान अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मायाममताको साथै अभिभावकले निर्वाह गनुपर्ने भूमिकामा कमी महसुस भएमा पनि सन्तानमा नकारात्मक असर पर्न सक्छ । हामी किताबका पानाहरू पढ्छौं । किताबमा अरूले अनुभव गरेर उनीहरूको जीवनमा अपनाएका ज्ञान हुन्छन् । तर, हरेकको जिन्दगी र जिन्दगीका बाटाहरू अलग हुन्छन् । पुस्तकका ज्ञान हुबहु लागू नहुन सक्छन् । हामी पुस्तकका पात्रलाई पछ्याएर बाँच्न सक्दैनौं । तर, आफ्नो जीवनको भोगाइले दिने ज्ञान आफ्नो ज्ञान हो । आफू हुर्किंदा आमाबुबा वा अभिभावकले दिने ज्ञान मौलिक ज्ञान हो । जुन व्यावहारिक हुन्छ र त्यस्तो मार्गमा हिँड्दा ठेस लाग्दैन ।

यस्तो ज्ञानको वजन किताबी ज्ञानको तुलनामा बढी हुन्छ । सैद्धान्तिक शिक्षा र व्यावहारिक ज्ञानका बीचमा भेद हुन्छ । देखेर, सुनेर पनि शिक्षा लिन सक्छौं तर ज्ञान भोगेर प्राप्त हुन्छ । त्यसैले, हामीले विद्यालयबाट पाउने शिक्षाभन्दा परिवारबाट पाउने संस्कार जीवनका लागि महत्वपूर्ण हुन्छ । आमाबुवा, हजुरबुबा, हजुआमाका काखमा हुर्केको पुस्ता शिक्षासँगै विवेकले पनि भरिएको हुन्छ । त्यसैले, आजको समय विवेक पुस्तान्तरण गर्नुपर्ने समय हो । विवेक पुस्तान्तरणका लागि आमाबुवा, हजुरबा हजुरआमा वा अभिभावकसँग धेरै समय व्यतित गर्ने संस्कार बसाल्नुपर्छ । सायद, परिस्थितिले हामीलाई यो लकडाउनको समय यसैको लागि जुराएको अवसरका रूपमा लिन सक्छौं । सम्भव भएमा यो समयमा बालबालिकालाई व्यावहारिक ज्ञान, धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाजको ज्ञान लिनेदिने वातावरण बनाउनु उपयुक्त हुन्छ ।

बालबालिकामा रहेको सिर्जनात्मक क्षमताको प्रस्फुटन हुने अवसरका रूपमा यस समयलाई लिन सकिन्छ । खेलौना नपाएमा कुनै बच्चा केही समय रुन सक्छ तर संस्कार नपाएमा जीवनभर रुनेछ । त्यसैले, पनि हाल जेजस्तो अवस्थामा छौं, त्यही रहेर सकारात्मक सोचाइ राख्दै छोराछोरीलाई सही मार्गमा दिशानिर्देशको अवसरका रूपमा लिन सान्दर्भिक देखिन्छ । मातातीर्थ औंसीको सबै आमामा शुभकामना । मातृ देवो भवः ।
(लेखक नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य हुन् ।)

(Visited 960 times, 1 visits today)
Loading comments...

आजको समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

साताका लोकप्रिय समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

ट्रेन्डिङ

दमका रोगीले जिते कोरोना

नारायणपुर । कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित...

भै‌ंसीलाई घाँस हाल्ने विषयकाे झगडाले भयाे सामुहिक हत्या

बुुटवल । रूपन्देहीको तिलोत्तमा–१० कान्छीबजार मैनहवास्थित गंगादेवी पशुु फर्मका सञ्चालक कृष्णबहादुुर पुुन मंगलबार बिहान पाँच बजे फर्मबाहिर आएर कामदारलाई गेट खोल्न आग्रह गरे ।...

जबरजस्ती धर्म परिवर्तन र सजायको व्यवस्था

धर्म सत्य हो, धर्म प्रेम हो र धर्म जीवन दर्शन पनि हो । कुनै चिजवस्तु र व्यक्तिमाथि राम्रो पुण्यकर्म र विचारका लागि विश्वास गरिने...

खोजी सुरु भयो मिस तामाङ २०२१ को

काठमाडौं । एभरेस्ट फेसन होमले मिस तामाङ २०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी...

नेपालमा जलविद्युत्को नीतिगत व्यवस्था र कार्यान्वयन पक्ष

चालु आव २०७७-७८ को बजेट बक्तव्यमा मुलुकको ऊर्जा संकट समाधान भएकाले अब विद्युत् उत्पादनलाई नदी प्रणालीमा आधारित, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाका माध्यमद्धारा विद्युत् निकासीतर्फ...

अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, कोरोना संक्रमण “उच्च विन्दु”मा पुगिसक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उहाँले...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

टिपरको ठक्करबाट मोटरसाइकमा पछाडी बस्नेको मृत्यु

भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.१० चितापोलको भित्री सडक खण्डमा नलिन्चोकबाट चितापोलतर्फ जाँदै गरेको...

८,२४३ संक्रमणमुक्त, ६८ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि...

स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाई

काठमाडाै‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारहरुलाई प्रवेशमा कडाई गरेको छ । शनिवार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई कुनैपनि रोक नलगाइएको...

लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ ।...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)