वडा सदस्यको निधनमा वालिङ नगरमा शोक विदा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बुधवार एक दिन शोक विदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिका–११ का वडा सदस्य ताराप्रसाद पराजुलीको निधनमा नगरपालिकाले एकदिन शोक विदा दिने निर्णय गरेको हो ।

वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले हस्ताक्षर गरेको शोक विदा सूचनामा वालिङ नगरपालिकाभित्र रहेका नगर कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत बन्द रहने उल्लेख गरिएको छ ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ५९ वर्षीय पराजुलीको मंगलवार निधन भएको छ । स्थानीय तहको चुनाव २०७९ मा वडा सदस्यमा निर्वाचित भएका पराजुली २०७४ को चुनावमा पनि वडा सदस्य निर्वाचित भएका थिए ।

अत्यन्तै शालिन र सामाजिक व्याक्तित्व रहेका पराजुलीको निधनले वालिङ नगरपालिका शोकमा डुवेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उल्लेख गरेका छन् । वडा सदस्य पराजुलीको निधनले नगरपालिकालाई अपुरणीय क्षती पुगेको समेत शोक सूचनामा उल्लेख गरिएको छ ।

स्वर्गीय पराजुलीको मंगलवार नै नै कालीगण्डकी तट राम्दीमा अन्तिम संस्कार गरिएको छ । पराजुलीका श्रीमती, चार छोरी र दुई छोरा छन् । स्वर्गिय पराजुली नेपाली काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । पराजुलीको निधनले नेपाली काँग्रेसलाई ठुलो क्षती पुगेको जनाएको छ ।

नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले जनताबाट अनुमोदित भएका पराजुलीको निधनले काँग्रेसले पार्टीका संगठक, एक योद्धा र जनप्रेमी नेता गुमाएको बताएका छन् । दुई महिना अगाडी चापाकोट नगरपालिकाका वडा सदस्यको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै