बाजुरामा बँदेलको आक्रमणबाट ७ जना घाइते

बाजुरा । गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क., ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक रोकायाले बताए ।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बँदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए । बदेलको आक्रमणमा परी गम्भीर घाइते भएइका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले बताएका छन् ।

विश्वकर्माको दाँया र बाँया हातको औला नै छैन भने पुर्ण वि.क. र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको सुचना अधिकारी पन्तले बताए । गम्भीर घाइते भएका जगत विश्वकर्माकामे ढाड नै भाचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र पठाउनु परेको जिल्ला अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९