विदेश जानु नराम्रो होइन : पूर्व गभर्नर डा.नेपाल

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाली अर्थतन्त्र अहिले सकसमा रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ‘मुलुकको वर्तमान आर्थिक अवस्था’bout अन्तक्रियात्मक कार्यक्रम’ मा बोल्दै उनले सो विश्लेषण गरेका हुन् ।

‘उद्योग व्यवसायीले लोडसेडिङले मार खेप्नुपरेको छ, जति राजस्व उठ्नुपर्ने हो त्यो उठ्न सकेको छैन । पछिल्लो त्रैमासिक राजस्व रिपोर्टअनुसार ३ खर्ब ९ अर्ब उठ्नुपर्नेमा २ खर्ब ४८ अर्ब मात्र राजस्व उठ्यो,’ अर्थविद् डा. नेपाल भन्छन्, ‘व्यवसायीले यतिखेर बैंकबाट पैसा लिएका छैनन् । खासमा अहिले सकसमा अर्थतन्त्र चलिराख्या छ ।’

उनले साँच्चै देश बनाउन यो सरकार बनेको हो भने किन उत्पादनशील क्षेत्रमा लगानी बढेन भनेर सोच्नुपर्ने बताए । दुई ठूृला दल मिलेर सरकार बनेको यतिका भइसक्दा अर्थतन्त्र चलायनमान नहुनु चिन्ताको विषय भएको बताए । ‘अहिले वैदेशिक मुद्राको सँचिति ५१ सय ५२ अर्ब छ । त्यस्तै बैंकमा पनि उत्तिकै पैसा थुप्रिएको छ,’ उनले भने, ‘विदेशी मुद्रा सँचिति बढ्नु भनेको वैदेशिक लगानी आकर्षित हुने अवस्था हो तर भएको छैन ।

उनले नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रिने ठोकुवा गरे । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको जिकिर गरे । सिंगापुर र चीनको उदाहरण दिँदै डा. नेपालले जहाँ आर्थिक नीति छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे ।

यस्तै, उनले वैदेशिक रोजगारीलाई भने सकारात्मक लिए । यसबाट रेमिट्यान्स भित्रिने तथा विदेशमा सिकेको सिप भोलिका दिनमा स्वदेशमा लागु हुन सक्ने भएकाले विदेशिनु राम्रो भएको तर्क गरे । उनले भने, ‘रसियाबाट १०.८ मिलियन मानिस, भारतबाट १७.९ मिलियन, मेक्सिकोबाट ११.२ मिलियन, चीनबाट १०.५ मिलियन मानिसहरु विदेश गएका छन् । युवा जनशक्ति विदेश गइदिएन भने रेमिट्यान्स आउँदैन, तपाईले यहाँ रोकेर केही दिन सक्नुहुन्न ।’

उनी अघि भन्छन्, ‘यता रोक्न पनि खोज्ने, कुनै नीतिगत पोलिसी पनि नल्याउने, लौ बर्बाद भयो भन्नु हुँदैन । अमेरिका, युरोपतिर सुखसुविधा छ । अरु देशमा डबल सिटिजन दिन्छन् । हामीकहाँ अझ सुरु भा’छैन । जहाँ सुखसुविधा पाइन्छ, त्यही देशका लागि लड्न मान्छे मरिहत्ते गरिहाल्छ नि !’

धितोपत्र बोर्डका पूर्व कार्यकारी अध्यक्षसमेत रहेका पूर्व गर्भनर डा. नेपालले भने, ‘सरकार चलाउने मानिसमा पैसा किन चाहिन्छ ? देशमा कसरी उन्नति हुन्छ ? र, नागरिकले के खोज्छ ? भन्ने क्लीयर भएन । सरकारले पनि नागरिकको सुखसुविधाका लागि ध्यान दिनुपर्छ । त्यसो भएमा गएका पनि फर्किएर आउँछन् ।’ ग्लोबल भिलेज भनी इन्टरनेशनल हरेकलाई अट्याच गरेर हिंडिराखे पनि नेपालले खास गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले आर्थिक गतिविधि सुस्ताउनुमा राजनीतिक नेतृत्वभन्दा पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दोषी रहेको बताए । जागिरभन्दा व्यापार उत्तम भन्दै उनले नेपालमा अपार सम्भावना रहेकाले व्यवसायी निराश भइहाल्नुपर्ने नभएको भनी विभिन्न दृष्टान्त पस्के । साथै, आफ्नो गभर्नर कार्यकालमा भए गरेका कार्य उत्कृष्ट रहेको उनको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले बैंकमा तरलता थुप्रिँदा पनि निजी क्षेत्र ऋण लिन उत्साहित नहुनु, निर्माण व्यवसायीले समयमा कामको भुक्तानी नपाउनु तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म पनि घोषणाअनुरुप भौतिक पूर्वाधारका कामको ठेक्का नलाग्नेकोमा गुनासो गरे ।

संघका पूर्व अध्यक्ष वसन्त उदासले युवा पलायन हुँदा क्रयशक्ति घटेको र बजार सुस्त भएको धारणा राखे । उनले कम्तीमा स्नातक उत्तीर्णपछि विदेश जाने मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्य, उपाध्यक्ष (वाणिज्य) बलराम आचार्य, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य देवेन्सन प्रजु र राम कँडेल, व्यवसायीहरु मिलन तिवारी, अध्येता सरोज कोइराला, सहजकर्ता सुरेन्द्रबाबु तिवारी, फर्निसिङ तथा फर्निचर व्यवसायी संघ कास्की अध्यक्ष थोमनाथ अर्याल, संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, संघका महासचिव शोभा गौतम, पत्रकार विजय नेपाललगायतले अर्थविद् डा. नेपालसमक्ष व्यवसायीका समस्या, नेपाली अर्थतन्त्र र सम्भावना’bout जिज्ञासा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान