डा. आयुष्नोभा मिस इन्टरकन्टिनेन्टल’का लागि इजिप्ट जाँदै

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगानाले इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । उनी ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि विजेता हुन् ।

प्रतियोगीताका लागि आफु तीन दिनपछि इजिप्ट जाने ढुंगानाले पत्रकार भेटघाटका क्रममा बताएकी छिन् । उनका अनुसार शर्म अल शेखमा नोभेम्बर २१ देखि यो प्रतियोगिता आयोजना हुने भएको छ ।

‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउदा निकै गर्व महसुस भएको छ ।’ ढुंगानले बताइन्,‘ताज नेपाल ल्याउने उदेश्य सहित म यो प्रतियोगीतामा सहभागी हुन लागेको हुँ ।’

‘प्रतियोगीताका लागि तयारी राम्रो गरेको छु’, ढुंगानाले भनिन् ‘नेपालको नाम उचो गरेर फर्किन्छु ।’ प्रतियोगीतामा जीतका लागि सबैको नेपालीको शुभकामना र शुभेच्क्षाको अपेक्षा आफुले राखेको उनले सुनाइन् ।

प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्कने उनले जानकारी गराईन् ।

५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीताको उनी नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगीताका लागि उनले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउने पनि सञ्चारकर्मीलाई जानकारी गराएकी छिन् ।

डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । उनी अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने