काठमाडौं । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुन अभिनेता कृष्ण मल्ल चयन भएका छन् । उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । काभ्रे पलान्चोकको बल्थलीस्थित एक रिसोर्टमा शुक्रबार बेलुकासम्पन्न नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
सोसाईटीको बाँकी पदाधिकारी नयाँ चयन भएका हुन् । जसमा प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टँकनाथ पौडेल, कोषाध्यक्षमा शँकरलाल श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बिशुराल चयन भएका छन् । सोसाईटीको केन्द्रिय कार्यसमिति सदस्यहरूमा गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त, सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ र सुभाष खड्का चयन हुनुभएको छ ।
अध्यक्षमा निवार्चित भएपछि कृष्ण मल्लले नेपालसँगै अमेरिका र बेलायतमा समेत शाखा रहेको नेपाल फिल्म सोसाईटीलाई अझ सक्रिय तुल्याउने बताए । मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अहोरात्र खट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
विहिबारबाट सुरु भएको सो साधारण सभा नयाँ कार्यसमिति चयनसँगै शुक्रबार बेलुकासम्पन्न भएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले नयाँ पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै सोसाइटीले नेपाली चलचित्रको प्रवर्धनमा अझ धेरै योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
साधारण सभामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अग्रज गायक प्रेमराजा महतलगायतले नयाँ कार्यसमितिलाई बधाई दिँदै नेपाल फिल्म सोसाईटी आउँदो समयमा अझ सक्रिय रहने विश्वास व्यक्त गरे ।