एकै दिनमा २० हजार बढीले अवलोकन गरे ‘बुद्धभूमि महोत्सव’

कपिलवस्तु । बिहीबारदेखि कपिलवस्तुको गोरुसिङ्गेमा सुरु भएको चौथो बुद्धभूमि कृषि व्यापारिक सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला– २०८१ मा सोमबार दर्शकको अत्यधिक सहभागिता रह्यो।

सोमबार मात्रै २० हजारभन्दा धेरैले महोत्सव अवलोकन गरेको जानकारी मूल आयोजक समितिका संयोजक तथा बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभलाल भुसालले जानकारी दिए ।

महोत्सवमा दिनभर व्यावसायिक स्टलहरूमा किनमेल गर्नेहरूको सङ्ख्या बाक्लो थियो। सांस्कृतिक कार्यक्रम हेर्नका लागि सोमबार दर्शकहरूको अत्यधिक भीड बढेको सांस्कृतिक संयोजक हरि शर्माले जानकारी दिए। सोमबार स्थानीय कलाकारसहित चर्चित राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूले आकर्षक प्रस्तुतिहरू देखाएका छन् ।

सोमबार चर्चित थारु गायिका एवम् मोडल अन्जु कुस्मी (फूलकुमारी) चर्चित लोक तथा दोहोरी गायक विक्रम परियार, हास्यव्यङ्ग्य कलाकार प्रुसोतम भण्डारी (पुर्खे बा) लोक दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

महोत्सवलाई सभ्य, पारदर्शी र भव्य बनाउनका लागि बुद्धभूमि उद्योग वाणिज्य सङ्घले सबै तह र तप्कालाई परिचालन गरेको छ । मङ्गलवार पनि महोत्सवमा अत्यधिक दर्शकहरू सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। मङ्गलवार लोक दोहोरी गायक खुमन अधिकारी, हिमाल सागर, लालुमाया कुवर, मोडल प्रीति चौधरी लगायतले प्रस्तुति दिनेछन्।

गोरुसिङ्गेमा जारी महोत्सवमा एक लाख दर्शकलाई सहभागी गराउने, ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।’ कृषि उद्योग व्यापार पर्यटन संस्कृति र स्वरोजगार आत्मनिर्भर सीपयुक्त, सबल र संवृद्ध हाम्रो नगर “ भन्ने नाराका साथ ६ गते देखि सुरु भएको महोत्सव १७ गते सम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ