बेल्जियमबाट फर्किकी १९ वर्षिय युवतीको पाँचौ परिक्षण रिपोर्ट नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित उपचाररत बागलुङकी १९ बर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त भएको सार्वजनिक भएको छ ।

पाँचौ पटकको स्वास्थ्य परीक्षणपछि युवतीमा कोरोना मुक्त अर्थात नेगेटिभ रिपोर्ट आएको हो । उनको २४ घण्टा पछि पुनः स्वाव परीक्षण गरी फेरि नेगेटिभ रिपोर्ट आएमा अस्पतालबाट डिस्चार्ज गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

नेपालको पाँचौं संक्रमित युवतीको बुधबार स्वाव संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ बर्षिय युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस अघि ६५ वर्षिय महिला कोरोना मुक्त भएर घर फर्किएकी छिन् । दुवै जना एउटै उडानबाट नेपाल फर्किएका थिए । एउटै सवारी मार्फत बागलुङ आएका युवतीमा चैत्र ४ गते र महिलामा चैत्र २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
६५ वर्षिय महिला कोरोनाको सफल उपचारपछि घर फर्कनु र १९ वर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आउँदा बागलुङबासीहरुलाई राहत मिलेको छ । बागलुङमा कोरोना संक्रमणको पुष्टि भएपछि छिमेकी जिल्लाहरुले बागलुङसँग ओहोर दोहोर गर्ने नाका बन्द गरेर प्रभावकारी बनाउन नागरिक गस्ति समेत गर्दै आएका छन् ।

दुवै जनाको परिवारीक सदस्य तथा सम्पर्कमा रहेको व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आए पछि बागलुङका कोरोना संक्रमण पहिलो चरणमै सिमित रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौको भनाई छ ।

‘दुई वटा संक्रमणका विरामी निको हुनु हाम्रो सफलता हो’ उनले भने–‘दुवै बिरामी कोरोना मुक्त भए पनि हेलचक्राई गर्नु हुन्न ।’ बाहिरी जिल्लबाट घर फर्कनेहरुको लहर देखिन्छ स्वास्थ्यको दृष्टिले त्यो राम्रो होईन ।

बाध्यात्मक अवस्थाले घर फर्कनेहरु घरमै क्वारेन्टिनमा बसेको खण्डमा बागलुङलाई सुरक्षित जिल्लाको रुपमा कायम राख्न सकिने कार्यालय प्रमुख गुरौको भनाई छ । हामीले कोरोना पहिलो चरणमै सिमित गर्न सक्छौँ उनले भने–‘त्यसको मुख्य विधि सामाजिक दुरी कायम राख्नु हो ।’

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी