काठमाडौँ । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु भएको छ । शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्षसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)
सम्बन्धित समाचार
‘समय गणनाका आधारमा सम्बन्धविच्छेद हुँदैन’
काठमाडौं जिल्लाका सिडिओ आचार्यको जागिर धरापमा
प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियाे
पाँचवटा सहकारीको ३ अर्ब ठगीका ‘नाइके’हरू !
सर्वोच्च र उच्च अदालतको न्यायाधीश रिक्तता कहिलेसम्म ?
रास्वपाका नेताहरूमाथि अदालतको अवहेलना मुद्दामा प्रमाण पेस गर्न सर्वोच्चको आदेश