दैलेख । स्थानीय तह उपनिर्वाचनमा दुल्लु नगरपालिका वडा नं १३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजय भएका छन् । पाँच सयय ७४ मत प्राप्त गरी शाही विजय हुनु भएको निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत पाएका थिए ।
निर्वाचन अधिकृत मल्लका अनुसार खसेको कुल १ हजार ५सय २७ मत गणना गर्दा ३३ मत बदर भएका थिए । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ । महाबुका ६ वटै वडाका ९ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा ६ हजार नौ सय ८९ मत खसेको थियो ।