तेल भिसाको पहिलो साताको ग्रस व्यापार तीन करोड

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘तेल भिसा’ यतिबेला दोश्रो हप्तामा प्रदर्शन भईरहेको छ । दोश्रो सातामा भारतीय चलचित्र नेपालमा रिलिज नभएको र तेल भिसाले राम्रो व्यापार गरेका कारण पहिलो साताको अधिकाँस हलमा दोश्रो साता पनि प्रदर्शन भईरहेको यसका वितरक करण श्रेष्ठले राजधानीलाई बताएका छन् ।

आईतबार बिहान यो चलचित्रको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै वितरक करणले राजधानीसँग भने,‘शुक्रबारसम्म पहिलो सातामा नेपालबाट चलचित्र तेल भिसाको ३ करोड भन्दा केही रुपैयाँ माथि व्यापार भएको छ । पाँच वटा चलचित्र घरको रिपोर्ट भने आज दिउँसो मात्र आईपुग्छ ।’

वितरक करणले भने,‘अघिल्लो हप्ता जस्तै यो शुक्रबार र शनिबार पनि प्राय सबैठाउँमा हाउफुल भयो ।’ चलचित्र हेरेर दर्शकको राम्रो प्रतिक्रिया आएका कारण चलचित्रको व्यापारमा कामी नआएको बताउँदै उनले शनिबारको व्यापार’bout भने, ‘काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज, सिके सिनेमाज, क्यूएफएक्सको भाटभटेनी, लबिम, आईएनआइको एनवी सेन्टर, मिडटाउन पोखरा, सिनेरोयल नेपालगञ्जमा दिनभरी नै हाउसफुल व्यापार भयो । आईतबारको पनि यी हलहरुमा अक्युपेन्सी ७० प्रतिसत भन्दा माथि छ ।’

यो चलचित्रकी निर्माता एवम् अभिनेत्री ऋचा घिमिरेले तेल भिसाको विदेशमा भईरहेको व्यापार’bout भनिन्,‘अहिले तेल भिसा अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, मध्यपूर्बी एशियाका धेरै ठाउँमा नियमित प्रदर्शन भईरहेको छ भने युरोपमा पनि विभिन्न शोहरु भईरहेका छन् । बिदेशमा रहेका नेपाली दर्शकहरुले यो चलचित्र हेरेर साह्रै राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ कतीपयले यस्तो घटनाहरु आफुले देखेको र भोगेको प्रतिक्रिया दिएको पनि ऋचाले बताईन् । दर्शकबाट प्राप्त प्रतिक्रियाले उनी उत्साहित पनि छिन् ।

यो चलचित्रको मुख्य अभिनेता विपिन कार्कीले प्रदर्शनको दिनदेखि नै काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । दर्शकले आफ्नो दुबै चरित्रलाई मन पराएको उनले राजधानीलाई बताए । तेल भिसामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । उनले अमेरिकामा भएको छोरा र नेपालमा भएका वुवाको भूमिका निर्वाह गरेका छन् । उनीसँगै चलचित्रमा वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रलाई शंकर घिमिरे निर्देशन गरेका हुन् । घिमिरेको नै यसमा लेखन रहेको छ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको यो चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको पनि लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेला भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस