जनकपुर बोल्ट्सकाे १ रनको रोमाञ्चक जित

जनकपुर बोल्ट्सका खेलाडी काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल सुरु हुनु पूर्व जनकपुर बोल्ट्स टीमका खेलाडी तस्बिर खिँचाउँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको जनकपुरले प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखराविरुद्ध सात विकेटको जित निकालेको थियो ।

यता चारै खेलमा हार ब्यहोरेको लुम्बिनीको प्ले अफ सम्भावना लगभग सकिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

जनकपुरका लागि हर्ष थाकरले चार ओभरमा २३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी किशोर महतो, ललितनाराण राजवंशी र शेर मल्लको नाममा सामान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पर्यो ।

जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, शुभ कंसाकारले अविजित २२ र आसिफ शेखले १६ रन बनाए ।

लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा सन्दीप जोराले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य