पर्साबाट रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ फर्काइएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाइएको छ ।

रविका सहयोगी दिपक बोहोराका अनुसार काठमाडौंमा २ घन्टा राखेर २ः३० को बजे बुद्ध एयरबाट पोखरा फर्काइने योजना थियो । तर प्रहरीले १ बजे नै बुद्ध एयरको जहाजबाट रविलाई पोखरा पुर्‍याएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ आज ?