बाजुरामा ८ बर्षिया बालिकाको हत्या

बाजुरा । बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो ।

मानसिक सन्तुलन ठीक नभएका सोही गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले बालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार साँझ सनइले बालिकाको घाँटी काटी हत्या गरेर टाउको साथमा लिएर आफ्नै घरमा रहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आरोपित व्यक्तिबाट एक थान हसिया, एक थान बन्चरो र एक कोदालो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बालिकाको शव हिजो राति नै ल्याएर जिल्ला अस्पतालमा राखिएको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी