काठमाडौं । गत २२ कात्तिकबाट रिलिज हुने भनिएको नेपाली चलचित्र फिरफिरे फिरिरीको त्यतिबेला हल नपाएका कारण प्रदर्शन स्थागित गरिएको थियो । त्यतिबेला पूर्णबहादुरको सारंगीले सबै हल कब्जा गरेपछि यो चलचित्रको रिलिज स्थगित भएको थियो । यो चलचित्रको नयाँ रिलिज मिति आईतबार घोषणा गरिएको छ ।
निर्माण पक्षले यो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी ४ माघलाई रिलिज मिति तोकेको छ । यो चलचित्र हरर कमेडी जनरामा निर्माण गरिएको यसका निर्माता मनोजकुमार अधिकारीले जानकारी गराएका छन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको सह निर्मातामा नितिश पुन रहेका छन् । यसका निर्माता मनोज कुमार अधिकारी हुन् । अधिकारीले यस अघि नौ डाँडा पारी र मंगलसुत्र जस्ता चलचित्र निर्माण गरेका थिए । उनी यी चलचित्रका मुख्य नायक पनि थिए ।
चलचित्र फिरफिरे फिरिरीमा मनोज कुमार अधिकारीसंगै, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ । यही चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले अभिनेता अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन् । चलचित्रलाई सन्दिप श्रेष्ठ र नबिन भट्टले लेखेका हुन् । चलचित्रलाई नविन भट्टले निर्देशन गरेका छन् ।
यसमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको पश्र्व संगीत, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । आरआर फिल्म्सले यसलाई देशव्यापी वितरण गर्नेछ ।






