काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाश शरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दुख दिने काम गरेकाे आरोप लगाएका छन्। आज बिहान आफ्नै निवास बासबरीमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसियसनका नब निर्बाचित कार्यसमिती सँग भेटघाट गर्दै डा. महतले यस्तो आरोप लगाएका हुन।
उनले सरकारको अहिलेको शैलीका विरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर लड्ने पनि भेटघाटमा बताए। अब एक अर्कालाई लान्छना लगाएर हिड्ने अवस्था नभएको भन्दै अहिलेको सर्वसत्तावादी सरकारका विरुद्धमा सदन देखि सडक सम्म संघर्षमा उत्रिने समय आएको पनि स्पष्ट पारे। डा महतले नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एशोसियसनका नब निर्बाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कहाँ कतिखेर सहयोग गर्नुपर्छ आफू तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।






