मुगु । जिल्लाको पुर्वीउत्तर भेगमा पर्ने कार्मारोङ्ग गाउँ पालिकाको–१ न वडामा पर्ने हिमालको खोचमा रहेकोवाङ्ग्री गाउँ चिसोको कारण देखाउदै बसाई सरेपछि मानवरहित भएको डेढ दशक नाघिसकेको छ ।
वारीपारी ठुलाठुला हिमाल, विच खोल्सामा वस्ती, जहाँ दिनको तिन घण्टा मात्र वस्तीमा घाम लाग्ने हुदा चिसोको कारण देखाउदै १५ वर्षदेखि स्थानीयले गाउँ छाड्दै गएपछि मुगुको उच्च हिमाली बस्तीमा रहेको एउटा गाउँ डेढ दशक देखी मानवरहित भएको हो ।
कार्मारोङ्ग गाउँपालिकाको १ नं वडाभित्र ७५ घरधुरी रहेको वाडग्री गाउँमा वर्षमा ३ महिना चैत्र, वैशाख, जेठमा मात्र घाम लाग्ने गरे पनि उता हिउँदका दिनमा भने २ घण्टामात्र गाउँमा घाम लाग्ने साथै हिउँ जमिरहने भएपछि गाउँमा चिसो अत्याधिक हुने हुँदा गाउँमा बस्न कठिनाई झेल्नु परेका सिङ्गो गाउँवासी नै वस्ती सरेर जुम्लाको चौधविस, भारतको कुल्ल्मनाली र केही काठमाडौंतिर बसाई सरेका हुन ।
चौपायलाई वैशाख, जेठ, अषाढ वाहेयक अन्य महिना पाल्न कठिनाई हुने, मान्छेलाई पनी चिसोले असर पार्दै जाने भएकाले उक्त गाउँमा भिरालो जमिन र खाद्यन्न उत्पादनमा आलु फापर वाहेयक केही नहुने हुदा खाद्यन्न जोहो गर्न कठीनााई झेल्दै आएकाले त्यसवाट स्थानिय वासीले सामाना गर्न नसकेपछी वाध्य भएर गाउँ छाडेको स्थानिय वाङग्री वासी गुरु छिरीङ तामाङले जानकारी दिए ।

उक्त वाडग्री गाउँ जिल्ला सदरमुकाम देखी दुई दिन पैदल यात्रामा पुगीने गाउँ हो। गाउँमा रहेको खेती योग्य जमिन बाझिदै गएको छ भने घरहरु भत्किदै गईरहेका छन । वसाई सरेर गएपनी स्थानियहरु चुनावमा मतदान गर्न, जडीबुटी कोर्न, गाउँपालिको वडामा हुने विकासनिमार्णको काम सम्पन्न गर्न तातो सिजन जेठ महिनामा बस्तीमा एक महिनाका लागी मात्र गाउले आउने गरेको कार्मारोङ गाउँपालिका अध्यक्ष छिरीङ क्याप्ने लामाले बताए।
बस्तीको बिकासको भाग खोज्न भने प्रत्येक बर्षको तातो सिजनमा आउने गरेको अध्यक्ष लामाले राजधानीलाई बताए । यी गाउँको बनपाखामा जडीबुटी तथा खनिज वस्तुको रुपमा पाइन्छ, साथै वन्यजन्तुको यो समयमा बढ्दो चोरी शिकार हुने गरेको बताइएको छ।
उक्त गाउँमा उब्जनीको हिसाबमा फापर, नाफल र आलुबाहेक केही नहुने हुँदा सधै भोकमरि हुने कारणले स्थानीयले बसाई सर्नुपरेको अर्को कारण रहेको बताएको छ । हाल यो गाउँमा रहेका सबै घर जीर्ण भइ भत्किएकाअबस्थामा रहेका छ्न् ।
जिल्लाकै उच्च स्थानमा रहेकोे गाउँ भएकाले यो गाउँ ’round बन्यजन्तु लगायत अन्य खनिज बस्तुको अवलोकनका लागि गन्तव्य स्थान का साथै पर्यटकीय स्थल पनि मानिन्छ । यो गाउँ कै बनक्षेत्र से फोकसोणडो निकुञ्ज भित्र पर्छ । गाउँमा आएको बेला बस्नको निम्ति तीन वटा घर बनायको बताएको छ ।