२५ वर्षमुनिका लेखकलाई नेपालयको आह्वान

काठमाडौं । डिजिटलतर्फ आकर्षित भएका नयाँ पुस्तालाई नेपाली साहित्यमा आकर्षित गर्नको लागि पब्लिकेसन नेपालयले २५ वर्षमुनिका लेखकहरुलाई आह्वान गरेको छ । पब्लिकेसनले आख्या र काव्य दुबै विधामा आह्वान गरेको हो । यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको खोजी, संवर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को सहित यो आह्वान गरेको हो ।

नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेको प्रकाशन गरेर २० वर्ष अघि प्रकाशनमा उदाएको पब्लिकेसन नेपालयले प्रकाशनको २० औं वार्षिक उत्सवको अवसर पारेर यो आह्वान गरेको पत्रकार भेटघाटका क्रममा जानकारी गराएको हो ।

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘२०२५ मा २५ का २५’ शिर्षकमा लेखकलाई आह्वान गरेको सो पब्लिकेसनले जनाएको छ । संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपाली तन्नेरी लेखकहरुको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने घोषणा पनि गरिएको छ । पुस्तकहरु कथा, कविता र निबन्ध विधाका हुनेछन् ।

यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ ? के लेखिरहेको छ ?’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहस्राब्दीमा जन्मेका लेखकहरुलाई पब्लिकेसनले खुला आह्वान गरेको नेपालयले जनाएको छ ।

‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने । लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्ने पनि उनले बताएका छन् ।

विमलको भनाईमा लेखकहरु जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन् । तीन विधामध्ये निबन्धका हकमा यो आफैँमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुने पनि उनले बताएका छन् ।

हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरु बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको विमलको कथन छ । तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर तयार पारिएको लेखलाई अश्विकार गरिने उनले बताएका छन् । यी लेख आगामी २५ फेब्रुअरी भित्र पठाउन पनि नेपालयले अनुरोध गरेको छ ।

२५ वर्ष मुनिका लेखकबाट प्राप्त रचनाहरुलाई लेखकहरू श्रवण मुकारुङ, नारायण वाग्ले र भूषिता वशिष्ठको समितिले उत्कृष्ट २५ वटाका दरले चयन गर्ने र त्यसलाई तीन वटा पुस्तकको रुपमा पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ ।

‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवद्र्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम प्रमुख किरणकृष्ण श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरुसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो ।’

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित