सप्तरी । विवाह अगावै बच्चा जन्माएकी सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी नाबालिका १५ वर्षिया किशोरी विच्चलीमा परेकी छिन ।
छिमेकी एक युवासँग प्रेममा परेकी सप्तरी मण्डल (नाम परिवर्तन) गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन । विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोदकुमार मण्डलले पटक–पटक शारीरिक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछि उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आइपुगेका हुन् ।
एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनवाई नभएपछि न्याय खोज्दै राजविराज आइपुगेका मण्डल परिवारले पत्रकार सम्मेलनको आयोजना गरी सवैसँग न्यायको अपिल गरेका छन् ।
गर्भ नफालेकी सप्तरीलाई अब बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ताले थप पीडा दिएको छ । उनले स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताएकी छिन ।
शूरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्र्पक विहीन भएको उनको भनाई छ । घटना सार्वजनिक भएपछी गाउँमा पटक–पटक समाजका अगुवाले दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर १५ दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको पत्रकार सम्मेलनमा आमा शियावतीले बताईन ।
बुवा जगतका अनुसार सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३–४ लाख रुपैयाँ दिने सम्मको प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास गरेको बताए । तर छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको बुवा जगतले सुनाए ।
सप्तरीको घरमा कमाउने कोही छैन । गरिब परिवारकी सप्तरी प्रमोद कै घरमा भाडावर्तन माझ्ने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको सप्तरीले सुनाईन । प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छिन । तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेका छैन । स्थानीयका अनुसार प्रमोद लामो समय देखी गाउमा देखिएका छैनन ।
पीडित सप्तरी तथा उनका आमा बुआले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने वातावरण बनाई दिनु पर्ने माग गरेका छन ।
पत्रकार सम्मेलनमा सप्तरीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने जनाएका छन् । यस’bout प्रमोद र उनका परिवारसँग सम्पर्कको प्रयास गर्दा प्रमोदको मोबाइल स्वीच अफ पाइयो भने परिवारजन सम्र्पकमा आउन चाहेनन ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले सप्तरीलाई गर्भवती बनाएर फरार रहेका प्रमोद उपर २०८० साल मै जबरजस्ती करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको बताए ।
फरार प्रतिवादी सुचिमा रहेका प्रमोदको खोजी कार्य जारी छ, उनले भने–सप्तरीलाई न्याय दिलाउन प्रमोदको खोज तलास कार्य ब्यापक बनाइएको छ ।