शिक्षामा नगरपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई नगद सहित सम्मान गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापन गराउने शिक्षकहरुलाई हौसाला प्रदान गर्नका लागि नगरपालिकाले पहिलो पटक नगदसहित सम्मान गरेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको सातौ नगर सभाको अवसरमा मेयर अमान सिं तामाङ, उपमेयर जानुका पराजुलीलगायतले विद्यार्थी र शिक्षकहरुलाई नगदसहित सम्मान गरेका थिए । सामुदायिक विद्यालयको एलकेजीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सत्र ०७५/७६ को अन्तिम परिक्षामा प्राप्त अंकको आधारमा विद्यार्थीहरु छनोट गरिएको नगरपालिका शिक्षा शाखाका प्रमुख महेन्द्र बोहराले जानकारी दिए । सबैभन्दा बढी कृष्णरत्न गंगा मावि चौताराका विद्यार्थीहरु उत्कृष्ट घोषित भएका थिए ।

उत्कृष्ट विद्यार्थीहरुलाई नगद पाँच हजारसहित सम्मान पत्र दिएर सम्मान र पुरस्कृत गरिएको थियो । विद्यार्थीहरु छनोट गर्दा छात्रा र छात्रा दुवै तर्फ छनोट गरेर पुरस्कार वितरण गरिएको थियो । सामुदायिक र निजी गरी ३१ विद्यार्थीहरु नगर भित्रका उत्कृष्ट घोषित भएका थिए ।

त्यस्तै कक्षा–८ को अन्तिम परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालयहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो । कक्षा ८ को परिक्षामा पहिलो हुने कृष्ण रत्न गंगा मावि ४० हजार, दोस्रो हुने सिद्धी गणेश माविलाई ३० हजार र तेस्रो हुने इन्द्रावती माध्यमिक विद्यालयलाई नगद २० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै कक्षा १० को परिक्षामा उत्कृष्ट हुने क्रमश कृष्ण रत्न गंगा, ज्ञान मन्दिर नमुना मावि रजनविकास माविलाई पनि ४०, ३० र २० हजार नगद सहित सम्मान गरिएको थियो । नगर भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउने तिनै तहका उत्कृष्ट शिक्षकहरुलाई पनि नगरले सम्मान गरेको छ ।

बालविकासमा उत्कृष्ट हुने सिद्धीगणेश माविकी सरस्वती धिताल, आधरभुत तहमा उत्कृष्ट हुने इन्द्रावती आधरभुत विद्यालका सुरेश कोइराला र माध्यमिकतर्फ उत्कृष्ट हुने ज्ञानमन्दिर नमुना माविका शुर्दशन न्यौपानेलाई पनि नगदसहित सम्मान गरिएको थियो । जलवायु दिवसमा आयोजना गरिएको वत्तृत्वकला प्रतियोगीतामा प्रथम हुने जनजागृति माविकी छात्रा प्रजिता पराजुलीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।चौतारा साँगाचोकगढी नगरपालिका भित्र इसीडी देखि कक्षा १२ सम्म ८१ विद्यालयहरु रहेका छन् ।

गोल्डने ह्याण्डसेक दिएर शिक्षकहरुको बिदाई
सामुदायिक विद्यालयमा युवा शिक्षकहरुलाई प्रवेश गराउने उदेश्यले आफ्नो उमेर हदभन्दा अगावै विद्यालय छाड्ने स्थायी शिक्षकहरुलाई नगरपालिकाले गोल्डेनह्याण्डसेक दिएर बिदाई गरेको छ ।

अनिवार्य अवकास पाउँन ६ महिना अगावै विद्यालय छाड्ने शिक्षकहरुलाई नगद ५० हजार, १ वर्ष बाँकी भएकालाई १ लाख र दुइ वर्ष भन्दामाथि समय बाँकी भएका शिक्षकहरु लाई १ लाख ५० हजार दिएर बिदाई गरिएको नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

पुराना शिक्षकहरुको सम्मान र नयाँ आउने शिक्षकहरुलाई ढोका खुला गर्न नगरपालिकाले गत वर्षदेखि यो नीति लिएको मेयर तामाङले जानकारी दिए । यो वर्ष नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउने ११ शिक्षकहरुले अनिवार्य अवकाश अघि नै विद्यालय छाडेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित