हरर चलचित्रले दर्शक नडराउने प्रियंकाको टिप्पणी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले हरर जनरामा बनेका नेपाली चलचित्रले दर्शकलाई डराउन नसकेको बताएकी छिन् । आफुले अभिनय गरेको आधा दर्जन हरर चलचित्रमध्य यस अघिको चलचित्र मालाबाहेक अरु चलचित्रबाट दर्शक नडराएको टिप्पणी आफुले खोप्नु परेको गुनासो उनले गरेकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित चलचित्र ‘ममी’को नयाँ गीत सार्वजनिक समारोहमा प्रियँकाले यस्तो प्रतिक्रिया दिएकी हुन् । नेपाली हरर जनराको चलचित्रले दर्शकमा डर पैदा गर्न नसक्नुको कारण’bout उनले भनिन्,‘नेपाली चलचित्रमा पात्रलाई डरलाग्दो भूतको रुपमा प्रस्तुत गर्नको लागि एक त सोही अनुसारको मेकअपको समस्या छ । अर्कोतर्फ यहाँ भिएफएक्स राम्रो नुहने भएकाले पनि हाम्रा चलचित्रका भूतहरु डरलाग्दा नभएर हाँसउठ्दा देखिने गरेका हुन् ।’

सोही नेपाली चलचित्रमा भूत देखेर दर्शकहरु डराउनुको सट्टा उल्टै हाँस्ने गरेको टिप्पणी आफुहरुले पाउने गरेको प्रियँकाले बताएकी छिन् । तर यसपटक आफुहरुले अभिनय गरेको चलचित्र ममीमा दर्शकले यस्तो टिप्पणी गर्ने र उनीहरु डराउने यी अभिनेत्रीले दाबी गरिन् ।

‘भूतको चलचित्र राम्रो नबनेका कारण हरर जनरामा काम गर्न मन लाग्न छाडेको थियो । तर यसपटकको टिमले डमीको रुपमा डरलाग्दो दृष्यहरुको भिएफएक्स देखाएपछि म यो चलचित्रमा जोडिएको हुँ’, प्रियँकाले भनिन् । सोही कारण ममी दर्शकलाई डराउनसक्ने चलचित्र बन्ने विश्वास आफुले लिएको पनि उनले बताईन् ।

समर निरौलाको डेव्यु निर्देशन रहेको चलचित्र ममीको सोमबार काठमाडौंमा एक समारोहबीच ‘म त यसै नक्कली…’गीतको भिडियो सार्वजनिक गरियो । यो गीतको भिडियोमा अभिनेत्री प्रियँका कार्की र अर्की अभिनेत्री दीया मास्केले नृत्य गरेका छन् । उनीहरुको नाच अस्वभाविक मानसिक स्थितिमा देखिएको छ । यो गीत चलचित्रको कथामा जोडिएकाले मसानघाटमा यसको छायाँकनगरिएको प्रियँकाले खुलासा गरिन् ।

यो गीतमा एसडी योगीको संगीत, हर्क साउदको शब्द रचना र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । यो गीत समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वरमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा विक्रिम स्वाँरको कोरियोग्राफी, निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

घरमा एउटा कुकुरको निधनपछि कालो विरालो पाल्दा एकपछि अर्कोको निधन हुँदै जाने र त्यसका आत्माहरुले निम्त्याउने समस्यामा यो चलचित्रको कथा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र आगामी २५ माघमा रिलिज हुने भएको छ । चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन् । चलचित्रमा निशाल पौडेल र शरद महतोको छायांकन, सुरेन महर्जनको सम्पादन छ । चलचित्रमा पाश्र्व ध्वनी रोहित शाक्यले, साउन्ड डिजाईन श्रवल आरपीले, रंग सँयोजन दिपेश चौधरीले र संगीत एसडी योगीले सृजना गरेका छन् । यसका निर्माता लोक राज जोशी, पूर्णिमा जोशी र कार्यकारी निर्माता सुमन कोइराला हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश