काठमाडौं । काठमाडौंका आधा दर्जन फेशन डिजाईन कलेज तथा इन्टिच्युटका विधार्थीहरुबीच भएको फेशन डिजाईन् कम्पिटिसनमा स्कुल अफ फेशन एन्ड इन्टेरियर डिजाईन (आईआईअएफटी)ले बाजी मारेको छ । पाँचौं संस्करणको फेसन डिजाइनरहरुको प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को सबैजसो उपाधि आईआईएफटीका विधार्थीहरुले जितेका हुन् ।
भक्तपुरमा आयोजित यो प्रतियोगितामा उत्कृष्ट फेशन डिजाईरनको उपाधि आईआईएफटीकी डिजाईरन प्राङ्देन हानी लिम्बुले जितेका छन् । यो प्रतियोगितामा १४ जना डिजाईनरलाई लिम्बुले जितेका हुन् ।
एनसिएफटी, आइइसी, आईआईएफटीसहित विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट गरेका १४ जना फेसन डिजाइनरहरुबीच यसटक प्रतिस्पर्धा भएको थियो । उनीहरुको डिजाईनमा तयार गरिएको फेशनलाई यो प्रतियोगितामा प्रस्तुत गरिएको थियो ।

करिब तीन घन्टासम्म चलेको फेशन शोमा थरी थरीको तीन दर्जन भन्दा बढी फेशनहरु विभन्न सिक्वेन्समा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धामा आईआईएफटीकै सबी श्रेष्ठ फस्ट रनर अप र सोही इन्टिच्युटबाट फेशन डिजाईनमा डिप्लोमा गरेकी ओमान कोमेन जुकान्द्री सेकेण्ड रनर अपको पुरस्कार जितन सफल भए । यस्तै आईआईएफटीकै सजिना मोनिकरले मष्ट पपुलर डिजाईनरको उपाधि जितिन् ।
प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीले कार्यक्रममा यी उपाधि बिजेता डिजाईनरहरुलाई ताज तथा विभिन्न उपहारसहितको पुरस्कार प्रदान गरे ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको सो प्रतियोगितामा डिजाइनरले तयार गरेका पहिरनलाई ३८ जना मोडलहरुले ¥याम्पमा प्रस्तुत गरेका थिए । पारम्पारिक देखि आधुनिक डिजाईनसम्मका पहिरनहरु त्यहाँ प्रस्तुत गरिएको थियो । यस्तै क्रियटिभ डिजाईन अन्तर्गत विभिन्न सामग्रीलाई फेशनमा ढालेर ती फेशनलाई पनि मोडलद्धारा मञ्चमा प्रदर्शन गरिएको थियो । प्रतियोगितामा सबै प्रकारका डिजाईन प्रस्तुत गर्न पाईने प्रावधान रहेको आयोजक डेभिल सिंह राजपुतले बताएका थिए ।

‘नेपालमा फेशन डिजाईन तथा फेशन उधोग खुम्चिँदै गएको र बिदेशी पहिरनको हाबी बढ्दै गएकाले हामीले यहाँका डिजाईनरलाई प्रोत्साहित गर्न आधा दशकदेखि राष्ट्रिय स्तरको फेशन डिजाईन प्रतियोगिता आयोजना गर्दै आएका हौं । हाम्रो प्रतियोगितामा उत्कृष्ट भएका डिजाईनरहरुले विभिन्न अन्तराष्ट्रिय फेशन डिजाईन प्लेटफर्ममा पनि आफ्ना फेशन डिजाईनहरु प्रस्तुत गर्ने अबसर पाउनु भएको छ’, आयोजक राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतले कार्यक्रममा भने ।
यो प्रतियोगिताको निर्णायकहरुमा फेसन डिजाईनर तथा फेशन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र सञ्चारकर्मी शोभा श्रेष्ठ थिए ।






