१८ वर्षमा २० विपत्ति

काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण रसुवा, सिन्धुपाल्चोक, धादिङसहितका जिल्लाका कम्तीमा ५०० जनाको मृत्यु पुष्टि भइसकेको छ भने सयौ नागरिक अझै हराइरहेका छन् ।

भोटेकोससीमा आएको यो विपत् नेपालका लागि न पहिलो हो न अन्तिम । विगत १८ वर्ष यता (२०६५ सालको कोसी विपत्तियता) विपतका घटना हेर्ने हो भने ३ हजार भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाएको तथ्यांकहरुले देखाएका छन् । यो अवधिमा २० जना भन्दा वढीको ज्यान जाने गरी १५ वटा भन्दा वढी विपत्तिका घटना भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

– ३२ हजार विपत्का घटना, ३ हजारको मृत्यु

– महाभूकम्पपछिको ठूलो त्रासदी– भोटेकोसी बाढी

नेपालमा पछिल्लो डेढ दशकभन्दा बढी अवधिमा बाढी, पहिरो, भूकम्प, हिमआँधी र हावाहुरीजस्ता प्राकृतिक विपत्तिले ठूलो मानवीय क्षति गराउँदै आएका छन् । २०७२ सालको बिनाशकारी भूकम्पमा मात्रै करिब ९ हजार मानिसको मृत्यु भएको थियो ।

नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को विपद् पोर्टल र विभिन्न वर्षका ‘नेपाल विपद् प्रतिवेदन’ले विपद्का घटना निरन्तर बढिरहेको देखाएका छन् ।

‘नेपाल विपद् प्रतिवेदन २०२४’ अनुसार सन् २०१८ देखि २०२४ सम्म मात्रै ३२ हजार ३७५ विपद्का घटना अभिलेख भएका छन् । ती घटनामा परेर २ हजार ९९६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

कोशीदेखि भोटेकोशीसम्म
२०६५ सालमा सुनसरीको कोशी नदीमा आएको बाढी ठूलो विपत्तिमध्ये एक थियो । कोशीको पूर्वी तटबन्ध भत्किएपछि आएको बाढीले तीन गाउँपािलका डुबानमा पारेको थियो । यो घटनामा ५५ देखि ६० जना मानिसको ज्ज्यान गएको रेडक्रमलगायतका संस्थाको तथ्यांकमा उल्लेख छ ।

२०७० मा कास्कीको मादी नदीमा पहिरोले नदी थुनेपछि आएको विपत्तिलाई १०० भन्दा बढी मानिसको ज्यान लिएको थियो । २०७० सालकै जेठमा कास्कीको सेती नदीमा आएको आकस्मिक बाढी अर्को ठूलो विपत्ति बन्यो । माछापुच्छ्रे क्षेत्रनजिक पहिरो तथा हिम–चट्टानसँग सम्बन्धित घटनापछि आएको बाढीले खारापानीलगायतका क्षेत्रमा ठूलो क्षति पु¥यायो ।

यो विपत्मा १७ देखि २६ जनासम्मको जयान गएको विभिन्न प्रतिवेदनमा उल्लेख छ । तर विपतमा वेपत्तासमेतको तथयंक जोड्ने हो भने ३१ जनाको मृत्यु भएको पुष्टि हुने अभिलेख भेटिन्छन् ।

विपत् र मृत्यु

भूकम्पः ४६ प्रतिशत

पहिरोः १९ प्रतिशत

बाढीः १७ प्रतिशत

हावाहुरी–आँधीः ८ प्रतिशत

हिमपहिरो–हिमआँधीः ४ प्रतिशत

अन्य (चट्याङ, आगलागी आदि): ६ प्रतिशत

२०७१ साल नेपालका लागि अर्को विनाशकारी बर्ष थियो । साउन १७ २०७१ मा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोसी नदी थुनेर ठूलो ताल बनायो । सरकारले खोजी कार्य बन्द गर्दै १५६ जनालाई मृत घोषित गरेको थियो । यसलाई नेपालमा पछिल्ला दशकमा एउटै पहिरोबाट भएको सबैभन्दा ठूलो मानवीय क्षति मानिन्छ ।

यही वर्ष पश्चिम नेपालमा आएको कर्णाली तथा बबईलगायतका नदीको बाढीले पनि ठूलो क्षति ग¥यो । गृह मन्त्रालयको विपद् प्रतिवेदनअनुसार २०७१ सालमा बाढीबाट मात्रै १२८ जनाको मृत्यु भएको थियो । जसमा सुर्खेतमा ३४, बर्दियामा ३३ र बाँकेमा १६ जनाको मृत्यु भएको अभिलेख छ ।

सोही वर्ष असोजमा आएको हिमआँधी र हिमपहिरोमा परी अन्नपूर्ण–धौलागिरी क्षेत्रमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । यो घटना नेपालको सबैभन्दा घातक पदयात्रा विपत्तिमध्ये एक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

बिनाशकारी भूकम्पको कहलीलाग्दा दिन
१२ बैशाख, २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दू भएर आएको विबनशकारी भूकम्प र त्यसपछिका पराकम्पनमा परेर ८ हजार ९७० जनाले ज्यान गुमाए । विश्व बैंकको अभिलेखअनुसार भूकम्पबाट करिब ८० लाख मानिस प्रभावित भएका थिए ।

सरकारको ‘नेपाल विपद् प्रतिवेदन २०१७’ ले २०७२ र २०७३ सालमा भएका कुल ९ हजार ७०८ विपद्–सम्बन्धी मृत्यु मध्ये ८ हजार ९७० अर्थात् ९२.५ प्रतिशत मृत्यु २०७२ को बिनाशकारी भूकम्पबाट भएको उल्लेख गरेको छ ।

भूकम्पकै वर्ष ताप्लेजुङमा गएको पहिरोमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा पनि पहिरो र बाढीले दर्जनौँ मानिसको ज्यान लिइरहेको छ ।

२०७३ सालमा प्युठानमा वर्षाजन्य बाढी र पहिरोले ठूलो क्षति पु¥यायो । प्रारम्भिक समाचारमा मृतक संख्या ३५ पुगेको र पछि ३८ पुगेको उल्लेख छ । त्यही वर्ष वर्षायामका बाढी–पहिरोमा देशभर १०० भन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्ल्ेख छ ।

२०७४ सालमा बाढीको ताण्डब
२०७४ सालको साउनमा आएको अविरल वर्षापछिको बाढीले ३१ जिल्ला प्रभावित भए । नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रसको अभिलेखअनुसार सो बाढमिा परेर १४९ जनाको मृत्यु भएको थियो भने १३४ जना घाइते भएका थिए । रेडक्रसका अनुसार सो बाढमिा परेर १ करोड ७० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

हावाहुरीको घात
१७ चैत, २०७५ मा बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीले ठूलो मानवीय क्षति गरायो । सुरुमा २७ जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि उपचारका क्रममा थप एकजनाको मृत्यु भएपछि संख्या २८ पुगेको थियो । सयौँ मानिस घाइते भएका थिए ।

त्यसपछि २०७६ सालको बाढी र पहिरोले पनि देशभर ठूलो क्षति ग¥यो । तर यसलाई एउटै घटना नभई विभिन्न जिल्लामा भएका धेरै बाढी तथा पहिरोको श्रृंखलाका रूपमा गृह मन्त्रालयले अभिलेखित गरेको छ ।

दशककै घातक मनसुन
२०७७ र २०७८ सालको मनसुन विपत्तिलाई त्यो दशकके घातक विपत्तिका रुपमा रेकर्ड गरिएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार यी वर्ष अर्थात जुलाई २०२० सम्म बाढी तथा पहिरोमा परेर १३२ जनाको मृत्यु भएको थियो । जुलाई अन्त्यसम्म यो संख्या बढेर १४१ पुगेको अन्तर्राष्ट्रिय विपद् अभिलेखमा उल्लेख छ ।

२०७८ साल असोज र कात्तिकमा आएको बेमौसमी वर्षा तथा बाढी–पहिरोले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । कर्णाली जलाधार क्षेत्रमा मात्रै १०३ जनाको मृत्यु भएको सरकारी अभिलेख छ ।

बिर्सनलायक जाजरकोट भूकम्प
१७ कात्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पु¥यायो । रेडक्रसको अभिलेखमा यो भूकम्पमा परेर १५४ जनाको मृत्यु र ३६६ जना घाइते भएको उल्लेख छ ।

२०८१ असोजमा आएको अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा ठूलो क्षति गरेको थियो । विभिन्न अभिलेखमा यो घटनामा परेर २५० जनाको मृत्यु भएको उल्लेख छ ।

त्यसबेला काठमाडौं उपत्यकामा समेत बाढीको जोखिम देखाएको थियो । दुई दिनको असाधारण वर्षाले सडक, पुल, बस्ती र राजमार्गमा ठूलो क्षति पु-याएको थियो ।

इलामको त्यो विपत्ति
२०८२ साल असोजमा पूर्वी नेपालमा आएको अविरल वर्षाले इलामलगायतका जिल्लामा बाढी र पहिरो निम्त्यायो । ५० जनाको मृत्यु भएकोमा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका थिए । कल्पनै गर्न नसकिने स्थामा समेत पहिरो गएपछि नागरिकमा त्रास बढेको थियो । सो बाढी र पहिरोपछि बिग्रिएका सडक अहिलेसम्म निर्वाधरुपमा संचालन हुन सकेका छैनन् ।

भोटेकोसीः इतिहासकै भयानक बाढी
१० भदौ २०८३ मा रसुवाको तिब्बतसँग जोडिएको क्षेत्रमा हिम–चट्टान खसेर नदी थुनिएपछि उत्पन्न आकस्मिक जलप्रवाहका कारण भोटेकोशीमा आएको बाढी नेपालको इतिहासमै अहिलेसम्मकै विनाशकारीमध्ये एक विपत्ति हो ।

विपत् इतिहासमा नेपालले बाढकिा कारण अहिलेसम्म एकैपटक यति क्षति कहिल्यै व्यहोरेको थिएन । अहिले पनि उद्धारका कार्य नसकिएकाले मृतक, वेपत्ता र घाइतेहरुको तथय.क यकिन हुन सकेको छैन ।

१२ भन्दा बण्ढी जनलविद्युत आयोजना, ४० किलोमिटर भन्दा बढी सडक, हजारौ घर तथा निजी सम्पत्ति, लाखौको व्यापारिक र व्यवसायिक क्षति निम्त्याएको यो बाढीलाई विश्वले नै चासोका साथ हेरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील