बर्दिया । बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । ठाकुरबाबास्थित बकुवा सामुदायिक वन छेउमा बाख्रा चराउने क्रममा थापालाई बाघले आक्रमण गरेको बताइएको छ ।
खुला ठाउँमा बाख्रा चराउँदै गर्दा थापालाई बाघले आक्रमण गरेर जङ्गल भित्र पु¥याएको थियो । स्थानीयबासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको स्थानियबासीले बताए । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन मानेका छैनन् । बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीसहितको जनशक्ति खटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । सामुदायिक वनमा आक्रमण गरेकाले क्षतिपूर्ति’bout अन्योल रहेको छ ।
साउन महिनायता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर ३ जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए । गाउँबस्ती छेवैँमा रहेको सामुदायिक वनमा बाघ आउन थालेपछि स्थानियबासी त्रसित भएका छन् ।