दर्जन चलचित्र घरमा तेल भिसाको ५१ दिन

काठमाडौं । चलचित्र तेस भिसाले सफल प्रदशर्नको ५१ औँ दिन मनाएको छ । गत ७ मंसिरबाट प्रदर्शनमा आएको यो चलचित्रले शनिबार आफ्नो प्रदर्शनको ५१ औँ दिन मनाएको हो । नेपालका १२ वटा चलचित्र घरमा तेल भिसाले ५१ औँ दिन मनाएको यसका वितरक करण श्रेष्ठले राजधानीलाई जानकारी दिए ।

तेल भिसाले दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको थियो । यो चलचित्रले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत १२ वटा मल्टिप्लेक्समा ५१ औँ दिन मनाएको हो ।

चलचित्रले प्रदर्शनको ५१ औं दिन मनाउँदै गर्दा यसकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुगेको बताए । यसरी तेल भिसालाई साथ दिने सम्पुर्ण दर्शक तथा शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दै यो खुसी दर्शककै लागि समर्पण गर्न चाहेको बताए ।

दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण चार दर्जन हलमा शोमा खुम्चिएको यो चलचित्रले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा बल्ल शो थपिएको थियो । यो चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । निर्देशक घिमिरेको नै लेखन रहेको चलचित्रमा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत र अजय खड्काको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित