वनकरियाको प्रश्न- पुर्जा कहिले पाइन्छ ?

मकवानपुर । झण्डै वषदेखिजग्गाको पुर्जा मागगर्दै आएकामकवानपुर मनहरी ४ का वनकरिया समुदायले सरकारसँग आफूहरु थाकेको गुनसो गरेका छन् । वनकरिया समुदायकीअगुवा सन्तोषीवनकरियाले वनकरिया जातिभूमीपुजकभएर पनिजग्गा नपाएपछि सरकारसँग संघर्ष गर्दागर्दै थाकेको बताइन् ।

संघीय सरकारले स्थानीय सरकारतर्फ र स्थानीय सरकारले संघतर्फ देखाउँदावनकरियाहरु आजितभएको सन्तोषिले बताइन् । २०६२ सालमा २० बर्षको लागिदिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछिआफूहरुको वासस्थानकहाँभन्ने टुङ्गो नभएपछि उनीहरुमानिराशा सँगै आक्रोशित छन् । “वनले हामीलाईपक्कै हटाउँछ, अनिहामीकहाँजाने ?” सन्तोषिले प्रश्नगरिन् “हामीले कहिले पाउँछौं पुर्जा ?”

“मैले साबुनउत्पादनगर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायीबनौं न त भन्दालालपुर्जा नभएर प्यानदर्ता गर्न पाइनँ”उनले भनिन् । व्यवसायदर्ता गर्न नपाएपछि काम नै तीनमहिना रोकिएको उनले बताइन् । स्थानीय वडाध्यक्ष प्रकाशथापाले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण मिलाइदिएपछि उनले उद्योग दर्ता गरेर कामगर्दै आएकी छिन्। “सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?” उनले प्रश्नगरिन् ।

स्थानीय संगितावनकरियाले आफ्नो समुदायको लागिभत्ताहोइन,जग्गा र रोजगारी चाहिएको बताइन्। जग्गाको पुर्जा र रोजगारी भए सरकारले आफूहरुलाई भत्तानदिएपनित्यो भन्दा बढी हुने उनले बताइन् । “सरकारले बालबालिकालाई १० कक्षासम्मनिःशुल्क पढाइदिएको छ भन्छन्, तर हाम्रो बालबालिकाको महिनैपिच्छे शुल्कबुझाइरहेका छौं” उनले भनिन् “यसको लागिहामीले कस्लाई भन्नुपर्ने हो ?” महिनाको ४ हजार रुपैंया भत्ता ३÷३ महिनाको अन्तरमाप्राप्तहुदाँत्यसले उपचार गर्न, खान र बालबच्चा पढाउन निकै समस्याभएको उनले बताइन् ।

यसैगरी स्थानीय रामवनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताए । बाटो पनि छैन । बर्षामाखोलाको बाटो हिड्नै सकिदैनँ, बालबालिकाहरुलाई विद्यालयपुग्नमुस्किल छ, भएको कच्चीबाटोमाबर्षभरी गाडि चल्ने व्यवस्थामिलाइदिनपर्यो” उनले भने “स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामापनिध्यानदिनुपर्यो।”

यस्तै अर्का स्थानीय बिष्णुबहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको बताए । “निकुञ्जका कारण बस्नपनिनिकै समस्याभइरहेको उनले बताए । आर्मीहरु घर घेर्न आउँछन्, यो समस्याबाट हामीले कहिले मुक्तिपाउने ?” उनले भने ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा रहेको वनकरिया वस्तिमा संवादको लागिपुगेका प्रदेश सभा सदस्यसँगउनीहरुले आफूहरुको पीडा सरकारले वर्षौदेखि सम्बोधननगरेको गुनासो गरे ।

विहीबार वनकरिया बस्तिमाभएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको गुनासो सुनेपछि प्रदेशकापूर्व मन्त्रीतथा सांसदहरुले वनकरियाको समस्या समाधानगर्न आफूहरुको सहयोग हुने प्रतिवद्धता ब्यक्त गरे । यसले उनीहरुलाई झनै आक्रोशितबनाएको छ ।

“हामीले यस अघि पनि संघीय सरकारको विभिन्नमन्त्रीहरुलाई भेटेर आफूहरुको समस्या सुनाउँदै ज्ञापन पत्रहरु बुझाइ सकेका हौ” सन्तोषिले भनिन् “खै समस्याको सुनुवाइभएको ?”

बागमतीप्रदेशकाउद्योग, पर्यटन तथावातावरण समितिका सभापतीआनन्दकुमार श्रेष्ठ, पूर्व मन्त्रीतथाबागमतीप्रदेशसभाका सदस्यकुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङले उनीहरुको समस्या सुनेका थिए । समस्या सुनेर मात्रै फर्कने नभइ समाधानको पहलआफूहरुले गर्ने आश्वासनदिएका छन् ।

लोपोन्मुखजातीवनकारिया समुदायको समस्याकाबिषयमाबागमतीप्रदेश सभा र प्रदेश सभाको समितिमार्फत समाधानगर्ने प्रतिवद्धता जनाइएको छ । वनकरिया समुदायकाविविध सवालहरुमाजनप्रतिनिधि र जनताबीचअन्तरसंवादकार्यक्रममा सहभागीप्रदेश सांसदहरुलेवनकरिया समुदायको न्यायकालागिपहलकदमीचाल्ने प्रतिवद्धता गरेका छन् ।

निकुञ्ज क्षेत्रको जमिनमाबसोबास गर्दै आएकावनकरिया समुदायलाई जग्गाधनीपुर्जा उपलब्ध गराइदिन गरेका उनीहरुको मागको सम्बोधनगर्दै प्रदेश सभा सांसद तथाप्रदेश समितिका सभापति र सदस्यहरुले उनीहरुको न्यायकालागि सदन र समितिमाआवाज उठाउँने प्रतिबद्धता व्यक्त गरे ।

सभापतिआनन्दश्रेष्ठले वनकरियाबीचमाआफू पहिलो पटक उपस्थितभएको बताउँदै उनीहरुको न्यानको लागिआफूले आफ्नो तर्फबाट भूमिकानिर्वाह गर्ने बताए।वनकरिया समुदायको हकअधिकारको लागि सम्वन्धित क्षेत्रको जनप्रतिनिधि नै सक्रियहुनुपर्ने बताए ।

“प्रदेश सभाको समितिको तर्फबाट गर्नुपर्ने कामलाई हामीले हेरिहरेका छौ” उनले भनें । यस्तै, शिक्षा, स्वास्थ्यतथा कृषि समितिका सदस्यतथाप्रदेशको पूर्व मन्त्रीकुमारी मोक्तानले यस बस्तीमा यो भन्दा धेरै समस्या रहेको स्मरण गरिन् ।

यस समुदायमा यो भन्दापहिला धेरै समस्याथियो, उनले भनिन् “पछिल्लो समय वनकरियालाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको छ, जग्गाप्राप्तीको लागिपनिनिकै प्रयत्नगरिरहेको छ,प्रदेश सरकारले जमिनको बिषयमाबोल्न सक्छ ।” तर संघको अधिनमाभएकोले अपनत्वलिननसकिने उनले बताइन् ।

यता, सार्वजनिक लेखा समिति सदस्यगिर बहादुर तामाङले वनरिया बस्तीको संरक्षण र अधिकारको लागिआफ्नो समितिमाआवाज उठाउँने र सदनबाट कानुनबनाउने बताइन् । अर्थ समितिकी सदस्य सुना परियारले वनरिया समुदायको पीडा सुनेको भन्दाआफनै आँखाले देख्दानिकै दुखदायी रहेको बताइन्।

यसअघि वनकरिया जातीको बिषयमा सदन र समितिमाकहिल्यै अवाज नउठाएको स्वीकार गर्दै उनले भनिन् “यसअघि यसरी बुझ्ने मौका पाइएको थिएन,अबवनकरियाको दुखबुझ्ने मौका पायौ, पक्कै पनि सदनमा कुरा उठाउनेछु ।” यस्तै, शिक्षा स्वास्थ्यतथा कृषि समिति सदस्य समिता खड्कीले वनकरिया समुदायकाहितकालागि यसअघि केहीनगरे पनिआगामीदिनमा यस समुदायको अधिकारको लागि सधैं आवाज उठाउने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा