
नेपालको वर्तमान राजनीति अत्यन्त धमिलो र दुर्गन्धित मात्रै भएको छैन, भविष्यको राजनीतिलाई पनि त्यत्तिकै दूषित र दुर्गन्धित बनाउनमा लागेको छ । नेपालजस्ता विकासोन्मुख देशहरूमा राजनीति पनि वंशको व्यवसायजस्तै बन्ने गरेको छ । हुन त बाबुबाजेले गरेको व्यवसायलाई पछ्याउने परम्परा हरेक व्यवसायमा हुने गर्छ । यसका अनेक कारणहरू हुन सक्छन् । तर सबैभन्दा मुख्य कारण त त्यस्तो व्यवसायमा मानिस संस्कारगत रूपमै अभ्यस्त हुन्छ र सजिलै अपनाउन सक्छ । त्यसैले होला राजनीतिक नेताहरूका सन्तान पनि अपवादबाहेक मुख्य रूपले राजनीतिमा नै आउने गर्छन् । जसले गर्दा हाम्रो भविष्यको राजनीति अझ बढी तस्कर र अपराधीहरूका हातमा जाने सम्भावना बढेको छ । यसको कारण अहिलेका हाम्रा ठूला नेताहरूका सन्तान अपवादबाहेक सबैजसो तस्करी र अपराधमा निर्लिप्त हुनु हो । हिजो अत्यन्त दुःख गरेर थोरबहुत शिक्षा पाएका र अनेक दुःख र कष्ट सहेर राजनीतिको माथिल्लो स्थानमा पुगेका मध्यमवर्गीय र निम्नमध्यम वर्गबाट उच्च तहमा पुगेका अधिकांश नेताहरूले आफ्ना सन्तानलाई त्यसतर्फ धकेलिइरहेका छन् । मनोविज्ञानले भन्छ– बाबुआमा आफूले गर्न नसकेका कामहरू अथवा आफ्ना अतृप्त इच्छा आकांक्षाहरू छोराछोरीले पूरा गरिदिउन् भन्ने चाहन्छन् । यसले के देखाउँछ भने हाम्रा महान् क्रान्तिकारी हुन् वा आदर्श मानिएका नेताहरू तिनीहरू केवल अवसर नपाएर मात्रै त्यता लागेका रहेछन् । उनीहरूको स्वाभाविक प्रवृत्ति त उनीहरूका सन्तानमा आएर अभिव्यक्त भएको छ भन्नु अनुचित नहोला ।
यस सन्दर्भमा एक जना ठूला नेताका एक्लो छोरालाई प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्दै छु । ती पात्र हुन् पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापतिका छोरा जयवीरसिंह देउवा । यसमा के स्पष्ट गर्न चाहन्छु भने शेरबहादुर देउवासँग सँगसँगै काम गरेको हुनाले राम्रै चिनाजानी थियो । तर, उनका श्रीमती र छोरासँग मेरो व्यक्तिगत चिनाजानी र सम्पर्क छैन । वर्तमान अवस्थामा त शेरबहादुरसँग पनि लामो समयदेखि कुनै सम्बन्ध र सम्पर्क छैन । उनका ’boutमा अहिले जे जति भन्दै वा लेख्तै छु त्यो केवल सार्वजनिक सञ्चार माध्यमहरूमा आएका आधारमा मात्र हो । कुनै प्रकारको सम्बन्ध र सम्पर्क नै नभएपछि खास आग्रह र पूर्वाग्रह राख्नुपर्ने कारण पनि छैन । तर, एउटा राम्रो सम्भावना भएको युवाका ’boutमा अनेक समाचार सुन्दा उनीप्रति सहानुभूति जागेर आउँछ । जसका बाबु पाँचपटक प्रधानमन्त्री भइसकेका छन् भने जसको आमा उच्च शिक्षित र हाल परराष्ट्रमन्त्री छन् । उनको एक्लो छोरा किशोर अवस्थामै स्यानेटरी प्याडको व्यापारमा लागेको खबर आएको थियो । व्यापार गर्नु नराम्रो कुरा होइन । तर, उनले किशोर अवस्थामै अर्थमन्त्रीसँग मिलेर देशभित्र भइरहेका स्यानेटरी प्याडका उद्योगहरूलाई समाप्त पारेर बाहिरबाट मगाएर नाफा कमाउने गरेको भन्ने समाचारहरू आएका थिए । एउटा सुदूरपश्चिम पहाडको मध्यमवर्गीय परिवारबाट पैदल र भारत हुँदै महिनौं लगाएर काठमाडौं आएको युवक जसले अनेक भोकतिर्खा खपेर प्रजातन्त्रका लागि संघर्ष ग¥यो र पाँचपटकसम्म देशको प्रधानमन्त्री बन्यो । जसलाई सुरुका दिनहरूमा आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उठ्ने उम्मेदवारलाई जमानत जोगाउन मुस्किल पथ्र्यो । सीधा, सोझो र इमानदार भन्ने परिचय बनाएका शेरबहादुरको एक्लो छोराले केका लागि मिलेमतोको व्यापार गर्न प¥यो ? त्यो औसत नेपालीका छोराछोरीले भन्दा राम्रो शिक्षा पाउने अवसर पाएको किशोर अवस्थामै त्यस्तो व्यापार गर्ने प्रेरणा कहाँबाट पायो होला ?
सीधा, सोझो र इमानदार भन्ने परिचय बनाएका शेरबहादुरको एक्लो छोराले केका लागि मिलेमतोको व्यापार गर्न प¥यो ? त्यो औसत नेपालीका छोराछोरीले भन्दा राम्रो शिक्षा पाउने अवसर पाएको किशोर अवस्थामै त्यस्तो व्यापार गर्ने प्रेरणा कहाँबाट पायो होला ?
नीतिशास्त्रमा भनिएको छ– सृष्टिमा जति पनि प्राणी छन् तिनको पालनपोषण प्रकृतिले गर्छ । पाल्न नसक्ने जातिलाई प्रकृतिले आफैं बाहिर ल्याउँदैन । तर, एउटा पनि लोभीको लोभ पूरा गर्न सक्ने क्षमता प्रकृतिसँग हुँदैन । साँच्चै राम्रो विचार र संस्कार दिने हो भने उनलाई जुन विषयमा चाख छ त्यस विषयमा विश्वमा आफ्नो पहिचान बनाउनेतिर लाग भन्नुपर्ने हो । पाँचपटक प्रधानमन्त्री बनेको शेरबहादुरको छोराको होइन, आफ्नो स्वतन्त्र पहिचान बनाऊ र आफ्नो खुट्टामा उभिने प्रयास गर्न भन्नु उनका निम्ति उचित हुने थियो होला ? उनकी आमा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले छोराका ’boutमा टीभीको अन्तर्वार्तामा भनेको सुनेको थिएँ । ‘उसले पढ्यो लेख्यो । अब के गरेर खान्छ त ? त्यसैले व्यापार गरोस् भनेर फर्म दर्ता गर्न लगाएको हो । उसलाई मैले भनिदिएकी छु, तिमी राणाजीका छोराका छोरा होइनौ, छोरीका छोरा हौ, तिमीले आफैँ कमाउनुपर्छ, हामीसँग भएको घर–ज्यथा कुनै ट्रस्टलाई दिन पनि सक्छौं ।’ के उनी राणाजीको छोराको छोरा नभएको र बाबुआमाले आफ्नो सम्पत्ति ट्रस्टलाई दिएको खण्डमा खानै नपाउने होलान् त ? यदि छोरालाई राजनीतिमा उतार्नु थियो भने आफ्नो पैतृक थलो बाबुको चुनाव क्षेत्रमा गएर समाजसेवाका अनेक काम गर्न सक्थे र ? त्यहाँका जनतासँग आत्मीय सम्बन्ध स्थापित गर्न सक्ने थिए ? त्यसो भएको भए उनले चुनावमा उठ्ने इच्छा नगर्दा पनि त्यहाँका जनता तपाईंले उठ्नैपर्छ भनेर बिन्ती गर्ने थिए । त्यसरी प्रेम र विश्वासको भोट पाएर चुनाव जित्नुभन्दा आफ्नै चुनाव क्षेत्रमा आफ्नै सुरक्षाका निम्ति यहाँबाट गुन्डा र डनहरूको टिम लिएर मनी र मसलको पर्याप्त प्रयोगबाट पनि जित्ने निश्चित हुन नसकेर मतगणनाका बेला बत्ती निभाउन लगाएर मतपत्र च्यात्नुप¥यो भने त्यस्तो जित कति फलदायी होला ?
के सुनिन्छ भने केही वर्षयताका निर्वाचनहरूमा शेरबहादुरजीलाई नै पनि पहिलेजस्तो जित्न सजिलो भइरहेको छैन । झन् उनका श्रीमती र छोराको त जनतामा राम्रो छवि छैन । भन्नेहरूले त यतिसम्म भन्छन् कि शेरबहादुरका छोरा र श्रीमती त राम्रो सुरक्षा प्रबन्ध नभई त्यस ठाउँमा घुम्न, डुल्न पनि गाह्रो छ । त्यसमा पनि उनले केही समय पहिले झन्डै एक अर्ब रुपैयाँ जतिको जमिन किनेको खबरले उनीसँग त्यति पैसा कहाँबाट आयो र त्यसको स्रोत र वैधानिकता देखाउनुपर्छ भन्ने प्रश्न उठिरहेको छ र यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि हो । के शेरबहादुर पतिपत्नीले चाहेको भए एउटा छोरालाई विश्वमा एउटा आफ्नै विशिष्ट पहिचान बनाउने अथवा आफ्नै देशका आम जनताले प्रेम–श्रद्धाले नाम लिन सक्ने बनाउन सक्तैन थिए होलान् ? सक्थे वा सक्तैन थिए, त्यतातिर त प्रयत्न भएको देखिएन । नेपालमै यी दुइटा उदाहरण हाम्रा अगाडि छन् । एकातिर भाटभटेनीका मीनबहादुर गुरुङ र विशाल ग्रुपजस्ता छन् भने अर्कोतर्फ डा. सन्दुक रुइत, महावीर पुन र भगवान कोइरालाजस्ता पनि छन् । यिनीहरूको बीचको फरक एउटा पक्ष जनताको माझ जान सक्तैन भने अर्को पक्षलाई जनताले श्रद्धा र सम्मान गर्छन् ।
यसमा शेरबहादुर पुत्रलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गरेको भए पनि एउटा सम्मानित मानिस बन्ने उनको सम्भावना अहिले पनि पर्याप्त छ । तिनलाई शुभकामना दिँदै नेपालका महान् क्रान्तिकारी कम्युनिस्ट नेताका छोराछोरी त सुन तस्करीदेखि अनेक अपराधमा निर्लिप्त रहेका छन् । तिनै भविष्यको राजनीतिमा आए भने देशको भविष्य कस्तो होला ?