गढीमाईमा द्वन्द्व सिर्जना गर्न खोजियो : महागढीमाई नगरप्रमुख यादव

बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजेको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आरोप लगाएका छन् । शुक्रबार गढीमाई मन्दिर प्राङ्गणमा स्थानीयले द्वन्द सृजना गरेको उनले बताए ।

पञ्चवर्षीय गढीमाई मेलामा भाकल पुरा भए पछि भक्तजनले चढाएको परेवा बिहिवार राती स्थानीयले लुटने क्रममा नगरप्रहरीले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख यादवले बताए ।

परेवा लुटने क्रममा स्थानीय र नगरप्रहरी बिच भएको रोकथाममा स्थानीय केही बालबालिकालाई समान्य चोट लागेको उनले बताए । आफुले नगरप्रहरी र चोटपटक लागेको बच्चाको अभिभावक दुवैलाई राखेर छानवीन गरि दोषीलाई कारवाही गर्न भने पनि द्वन्द सृजना गराएको आरोप लगाए ।

महागढीमाई नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष मनोज गुप्ता, संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, मोतीलाल कुश्वाहा र सत्यनारायण कुश्वाहाले स्थानीय युवाहरुलाई परिचालन गरेर गढीमाईको मन्दिरमा तोडफोड गराएको आरोप नगर प्रमुख यादवले लगाए ।

राजनिती पुर्वाग्रह राखेर गढीमाईको मन्दिरमा तोडफोड गराईएकोले घटनामा संलग्नलाई कडा कार्बाहीको माग नगर प्रमुख यादवले गरेका छन ।

मन्दिरको विकास गर्न खोज्ने कोई आपराधिक सोचका व्यक्तिले समाजिक द्वन्द सृजना गर्न खोजेको नगरप्रमुख यादवले आरोप लगाए । धार्मिक द्वन्द सृजना गर्न खोज्नेको योजना विफल भएको उनले बताए ।

हजारौको संख्यामा सर्वसाधारण मन्दिर वरिपरी आए पनि आफुले सबलाई रोकेर समस्यालाई समाधान गर्न एक्लै वर्तामा गए पछि मेयरलाई थुनेको झुठो प्रचार गरेको उनले बताए ।

विगतको वर्षमा यस वर्ष परेवाको संरक्षण गर्न खोप ( परेवा बस्ने घर ) बनाई व्यवस्थित समेत गरिएको यादवले बताए । परेवाबाट पनि मनग्य आम्दानी गढीमाई ट्रस्टलाई हुने गरेको नगरप्रमुखले बताए ।

विश्व सम्पदाको सुचिमा पार्ने हिसावले गढीमाई मन्दिरलाई व्यवस्थित गर्न मन्दिर वरिपरीको पसल हटाएर व्यवस्थित गर्न खोज्दा जबरदस्ती पसल थापेर बसेकाहरुले पसल नपाउदा द्वन्द सृजना गराएको उनले बताए ।

राजदीप पाण्डे, रामनरेश यादव,निलम गुप्ता, रामविनेश कुशवाहा लगायत नगरप्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । घाइतेको उपचार प्रादेशिक अस्पताल कलैयामा घर फर्केको र सिकिस्त घाइते थप उपचारको लागि विरगंज पठाइएको सापकोटाले बताए । घटनाको अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव