काठमाडौं । अग्रज गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वरमा नयाँ गीत फूलहरूको माझमा…को भिडियो दर्शकमाझ ल्याएका छन् ।
यो गीतको भिडियोलाई शनिवार अपराह्न काठमाडौँमा एक समारोहबिच लोकार्पण गरिएको छ । प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगरसहित नेपाल भाषा विद् पौभा सायमि, गीतकार बि नन्द वैद्य, पत्रकार विजय रत्न तुलाधरलगायतले यो गीतको एल्बम एवम् भिडियो कार्यक्रममा लोकार्पण गरे । गायक मदनकृष्ण श्रेष्ठको यो युगल गीतमा गायिका सरिता शाहीले महिला स्वरमा साथ दिएका छिन् । गीतमा संजय खड्गी संगीत रहेको छ ।
कार्यक्रममा गायक मदनकृष्ण र गायिका सरितालाई राम्रो गीतको लागि शुभकामना गर्दै उप सभामुख इन्दिराले अभिनयसँगै गायनमा मदनकृष्णको अतुलनीय योगदान रहेको बत्ताइन् ।
कार्यक्रममा गायक एवम् अभिनेता मदनकृष्णले स्वास्थ्यले आफूलाई धोका दिने गरेको भए पनि अभिनय र गायनलाई आफूले अघि बढाउँदै आएको बताए । दर्शक श्रोता र शुभचिन्तकको मायाले पनि आफूलाई अघि बढ्न हौसला मिल्ने गरेको पनि उनले बताए ।
नेवाः साधना कला केन्द्रद्वारा आयोजित सो कार्यक्रममा सो गीतका गीतकार बागमती भाइले फूलहरूको माझमा ’bout प्रकाश पारेका थिए । । पत्रकार बिजय रत्न तुलाधरले गीत र भिडियोका समीक्षा गरेका थिए । यस्तै सो गीतको भिडियो निर्देशक साजन मान श्रेष्ठले भिडियो निर्माणको ’boutमा कार्यक्रममा जानकारी गराए ।