नवौँ चन्द्रौटा महोत्सव आजवाट सुरु

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा आजबाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०८१ सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापारः स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार’ भन्ने नाराका साथ व्यापार सङ्घ कपिलवस्तुको आयोजनामा सञ्चालन भएको हो ।

महोत्सवमा कृषिजन्य उत्पादन, उद्योग, व्यापार, कला–संस्कृति, र शैक्षिक प्रदर्शनीजस्ता स्टल राखिएका छन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सवमा कृषिजन्य सामग्रीको प्रतिस्पर्धा भएको छ। चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूह स्तरीय डोरी तान प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र दैनिक योगा सत्र महत्वको मुख्य आकर्षण हुन् ।

स्थानीय कला, संस्कृति र जातीय पहिचान झल्काउने वस्तुका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। महोत्सवले आर्थिक, सांस्कृतिक, र सामाजिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। ३ लाखभन्दा बढी दर्शकलाई महोत्सव अवलोकन गराई १० करोड बढीको आर्थिक कारोबार लक्ष्य रहेको व्यापार सङ्घ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताए। महोत्सव माघ ९ गते देखि २० गते सम्म सञ्चालन रहने छ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ