नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो । 

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न  सफल भएको छ ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन भने एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रनलगायत बनाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट मात्र लिन सफल भएका थिए ।
 

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?