बारा । बारामा स्थानीय जनप्रतिनिधिको पुतला दहन गरिएको छ । पचरौता नगरपालिकाको नगर प्रमुख (मेयर) जलन्धर पटेलको पुतला दहन गरिएको हो । नगरप्रमुख पटेलले वडा नम्बर ७ बेनौलीमा सडक ढलान तथा नाला निर्माण गर्न प्रशासनले बाटो अतिक्रमण खाली नगराएको भन्दै माघ ७ गते देखि नगरपालिका सहित वडा ठप्प पारेका थिए ।
कुडवा कलैया जोडने गण्डक सडकखण्ड अवरोध गरि स्थानीयले मेयर पटेलको पुतला दहन गरेका थिए । आक्रोशित स्थानीयले सडक अवरोध गरि मेयरको बन्धकमा रहेको पालिका मुक्त गराउन नाराबाजी गरेका थिए ।
नगरप्रमुख पटेलले आफनो नाजी स्वार्थ पुरा नभएकोले पालिकाको ९ वटै वडाको सेवा बन्द गरेकोले आफुहरू सडकमा आन्दोलन गरेको जनता समाजवादी पार्टीका नगर अध्यक्ष संदिप यादवले बताए । पटेलको पुतला दहन गरेर सिघ्र पालिकाको कामकाज शुरु गर्न चेतावनी दिएको उनले भने । सुख संवृद्धिमा माटो फेरेको आरोप लगाए । भोट लिएर विजयी भए आफनो मनोमानी तवरले कार्यालय खोल्ने र जुन बेला मन गर्यो ताल्चा लगाईदिने कार्य विकास विरोधी रहेको उनले भने ।

‘ जुन जोगी आए कानै चिरेको ‘ झै जुन प्रतिनिधी जितेर आए पनि आफ्नो निजी स्वार्थमा लिप्त रहेको स्थानीय जनमत पार्टीका नेता सविन्द्र कुमार यादव आरोप लगाएका छन् । पटक पटक आफनो निजी स्वार्थको लागि पालिकालाई बन्धक बनाउने खेल बन्द गरिएने भने जनता जाग्यो भने बङ्गलादेश झै पालिका छोडेर भाग्ने समय टाढा नरहेको यादवले बताए ।
आफनो घरायसी समस्यालाई पालिकामा ल्याएकोले स्थानीयले पुतला दहन गरेर ट्रेलर देखाएको उनले भने, ‘ स्थानीयले गरेको खवरदारीले पनि सचेत हुनु भएन भने कडा आन्दोलन गर्न पछि नहटने यादवले बताए ।
मेयर पटेलले आफुहरुले दिएको मतको कदर नगरेको नेपाली कांग्रेसका नगर सभापति गोवरी राय यादवले आरोप लगाए । मेयरको तानाशाही प्रवृत्तिले नगरपालिका भित्रको संवेदनशील स्वास्थ्य चौकी, विधालय बन्द गर्ने कार्य निन्दनीय रहेको उनले बताए । कर्मचारीहरु काममा नफर्के आफुहरू सरकारले कर्मचारीहरु प्रति कडा कारवाहीको माग समेत गरेका छन् । जनताले तिरेको करबाट कर्मचारीले तलब खाने भएकोले जनप्रतिनिधिको जुङ्गाको लडाईमा कार्यलय बन्द गर्न अब सहय नहुने स्थानीयले बताएका छन् ।
हजारौको संख्यामा सहभागी भएको पचरौतावासीले विकास विरोधी मेयर मुर्दाबाद, भ्रष्टाचारी मेयर मुर्दाबाद मेयरको तानाशाही चल्दैन लगायतको नाराबाजी गरेका थिए ।
यस सन्दर्भमा मेयर पटेलसंग ९८५५०३७१५५ नम्बरमा प्रतिक्रया लिन खोज्दा फोन उठेन । आफ्नो समाजिक संजाल मार्फत नगरपालिकाको विकास अवरोध मुक्त दश बजे कार्यलयमा भेटन संदेश दिएका छन् ।