प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री वा राजनीतिक नेतृत्वसँगको निकटताका आधारमा कसैले पनि कानुनी छुट पाउन नहुने बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले गलत क्रियाकलापमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

कांग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भए कारबाहीमा सहयोग गर्ने तर राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई दुःख दिने काम भए पार्टी आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।

‘कांग्रेस छ, गलत गरेको छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा केही पनि पाउनु हुँदैन । तर गलत गरेको छैन, कांग्रेस छ भन्ने आधारमा उसले कुनै पनि खालको राज्यको दुराग्रह, राज्यको अत्याचार, राज्यको पूर्वाग्रहको सिकार पनि हुनुहुँदैन,’ थापाले भने ।

उनले यही सिद्धान्त सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको हकमा पनि लागू हुनुपर्ने बताए । सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने पक्षमा कांग्रेस नरहेको उनको भनाइ छ ।

‘कुनै नेताका ’boutमा, कुनै मन्त्रीका ’boutमा, रास्वपाका नेताका ’boutमा केही कुरा आयो भन्दैमा हामी अपराधी करार गर्दै हिँड्दैनौँ । तर कोही मान्छे रास्वपाको नजिक छ, प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, उसले छुट पाउनु हुँदैन,’ उनले भने ।

सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी भएको बताए । पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक विरासत र आचरणप्रति जिम्मेवार बन्न आग्रह गर्दै उनले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टीले नैतिक धरातल कमजोर हुन दिन नहुने बताए ।

उनले सार्वजनिक व्यक्तिको व्यक्तिगत, पारिवारिक र आर्थिक जीवन पारदर्शी हुनुपर्नेमा जोड दिए । सरकारले आवश्यक ठानेमा आफूहरू अनुसन्धान र छानबिनको सामना गर्न तयार रहेको पनि उनले बताए ।

‘हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मोरल क्यापिटल हो । हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ताहरू हौँ, गणेशमान सिंहको पार्टीका कार्यकर्ताहरू हौँ, कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ताहरू हौँ । हामीसँग त्यो लेगेसी छ,’ उनले भने ।

आफ्नो कारणले कुनै पनि कांग्रेस सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाउँदै थापाले पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय भए त्यसविरुद्ध उभिने बताए ।

‘म पार्टी सभापतिको कारणले गर्दा एक जना सदस्यको पनि शिर निहुराउन दिन्नँ । त्यो मेरो जिम्मेवारी हो । हामी जे कुरा पनि सामना गर्न तयार छौँ । तर हामी गलत कुराको भण्डाफोर गर्न पनि तयार छौँ, त्यसमा लड्न पनि तयार छौँ, हाम्रा साथीहरूमाथि भएको अन्यायको विरुद्ध बोल्न पनि तयार छौँ,’ उनले भने ।

थापाले विपक्षी दलका रूपमा कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्नुपर्नेमा जोड दिए ।

सुकुम्बासी समस्या, प्राकृतिक विपद्मा परेका नागरिकको अवस्था, सहकारी पीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धता तथा दलित समुदायसँग सम्बन्धित घोषणाको कार्यान्वयन’bout सरकारलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले घोषणा गरेर मात्रै नहुने भन्दै उनले कार्यान्वयनको अवस्था अध्ययन गरेर प्रश्न गर्न पार्टीका प्रतिनिधिहरूलाई आग्रह गरे ।

‘सरकारले १०० दिनमा गर्ने काम भनेर घोषणा गर्‍यो, दलितसँग माफी माग्नेदेखि लिएर के के घोषणा गरेको छ यहाँ ? उसले घोषणा गर्‍यो, घोषणा गरेको दिन ताली पायो । अनि अहिले सम्झाउने काम हाम्रो हो नि,’ उनले भने ।

सरकारका कामकारबाहीको अध्ययन गरेर विपक्षी दलको भूमिका प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित विषयहरूमा उठेका प्रश्न’bout समेत अध्ययन गर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

‘यी काण्डहरूका ’boutमा तपाईंहरूले एक–एक कुरा पढ्नुपर्छ, यसलाई बुझ्नुपर्छ, मनन गर्नुपर्छ र एकदम निर्धक्क भएर तल साथीहरूका बीचमा लगेर नेपाली कांग्रेस प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्न तयार भएको सन्देश तपाईंहरूले तल लिएर जानुपर्छ,’ उनले भने ।

थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गरे । सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने पक्षमा कांग्रेस रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको चीन भ्रमण तयारी भइरहेको छ, तर मिति तोकिएको छैनः परराष्ट्रमन्त्री खनाल