काठमाडौं । यही मंसिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ ।
पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ । कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए ।
पर्वका अवसरमा पशुपति क्षेत्रमा आउनेभक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उनले बताए । पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।
मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्नेको घुइँचो लाग्ने गर्छ । पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेको भीड लाग्ने गर्छ ।
सम्बन्धित समाचार
जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार
भीमफेदी सुमो दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत, घाइतेहरुको पनि पहिचान
धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ जना घाइते
दैलेखमा बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको मृत्यु, एक छोरा गम्भीर घाइते
अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार
मेलामै दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर
भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिइने
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली






